काठमाडौ १९ असार । झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जाने क्रममा ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका लिम्बूको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्