ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा भारतको सहकार्य आवश्यक : उपेन्द्र यादव


admin

सप्तरी, १८ चैत । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा भारतको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

संघीय प्रेस फोरम सप्तरीले आइतबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले सो कुरा बताउँदै नेपालको विकासका लागि भारतलाई विकासको पार्टनरको रुपमा सम्झनु पर्ने बिचार व्यक्त गर्नुभयो । भारत तथा चीन जस्ता दुई ठूला छिमेकी मुलुकसित आपसी समझदारी कायम गरेर विकासको क्षेत्रमा अघि बढ्नु नेपालका लागि हितकर हुने उहाँको धारणा छ ।

सोही पत्रकार सम्मेलनमा अध्यक्ष यादवले संघीयताले देश समृद्ध हुने बताउँदै अब नेपालमा संघीयता बाहेकको विकल्प नरेहको बताउनुभयो । उहाँले मुलुकमा संघीयता समस्या नभएर समाधान हो भन्दै यसलाई बलियो बनाउनु पर्नेमा जोड समेत दिनुभयो ।

यता अधिकार सम्पन्न प्रदेश निर्माणका लागि प्रदेश सरकारलाई आफ्नै कानुन बनाउने अधिकार दिनुपर्ने माँग गर्दै अनिमात्र प्रदेश विकसीत र प्रगतिको तर्फ अगाडी बढ्ने उहाँले जिकिर गर्नुभयो । संविधान संशोधन वा कानुन बनाएर भएपनि प्रदेश सरकारलाई अधिकार, शक्ति र श्रोत प्रदान गर्नु पर्ने उहाँले सुझाव दिँदै अहिलेको प्रदेश सरकार त्रिशंकु जस्तो माथी जान नसक्ने र तल झर्न नसक्ने अवस्थामा रहेको जिकिर गर्नुभयो ।

उहाँले जनसंख्या तथा मानव विकास सूचकांकका आधारमा प्रदेशमा बजेट व्यवस्था गर्नु पर्ने बताउँदै सुरक्षा निकाय तथा कर्मचारी अझै पनि प्रदेश मातहत नआएकोले अब पनि केन्द्र सरकारले पुरानो मानसिकता पालेर काम नचल्ने उल्लेख गर्नुभयो ।

यस्तै युरोपेली युनियनले हालै सार्वजनिक गरेका निर्वाचन पर्यवेक्षण प्रतिवेदनलाई सार्थक बताउँदै अध्यक्ष यादवले बरु सरकारले त्यसका बिरुद्ध विज्ञप्ति निकालेर कुटनीतिक रुपमा असफलता प्रदर्शन गरेको टिप्पणी समेत गर्नुभयो । यस्तै संबिधान संशोधन तथा आफूहरुले उठाएका मुद्दा संबोधनको ग्यारेण्टी नभईकन यथास्थितिमा सरकारमा जान नसकिने उहाँले जवाफ दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com