ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न जरुरी – एनपी साउद


abc news
असार १८, २०८२ बुधबार  ३ : ५४ बजे

काठमाडौ १८ असार । नेपाली कांग्रेसका सांसद एनपी साउदले नेपालको पर्यटन विविधतायुक्त र सम्भावनायुक्त रहेको बताएका छन् ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार बसेको बैठकमा उनले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूलाई प्राथमिकतामा राखेर प्रचार–प्रसार गर्न सरकारसँग आग्रह गरेका हुन् ।
समिति सदस्य साउदले नेपालको अपार प्राकृतिक र सांस्कृतिक सम्भावनाहरू अझै पनि व्यवस्थित ढंगमा परिचालन हुन नसकेको प्रति चिन्ता व्यक्त गरे ।
‘भौगोलिक रुपमा नेपाल अत्यन्तै सुन्दर र विविधतायुक्त देश हो। यहाँको विशिष्ट पहिचानलाई सुत्रबद्ध गरेर काम गर्न आवश्यक छ,’ उनले भने, ‘हामीसँग पर्यटनमा विविधिकरणका लागि प्रशस्त सम्भावना छन् । तर अझैँ पनि चुनौतीहरूसँग जुध्न सकिएको छैन ।’
नेपालको पर्यटन प्रवर्द्धनमा अझ धेरै नीतिगत स्पष्टता र क्रियाशीलता आवश्यक रहेको सांसद साउदको भनाइ थियो । उनका अनुसार हाल नेपालले आफ्नो लक्ष्यअनुसार पर्यटक संख्या बढाउन सकेको छैन ।
‘२० लाख पर्यटक पुर्‍याउने हाम्रो लक्ष्य हो, तर त्यो पूरा गर्न सकेका छैनौँ,’ साउदले भने, ‘जति हुनुपर्ने हो, त्यति पर्यटक ल्याउनका लागि हामीले थप काम गर्न आवश्यक छ ।’
साउदले काठमाडौं उपत्यकाभित्र मात्रै ४० वटा ट्रेकिङ रुटहरू रहेको उल्लेख गर्दै तीमध्ये धेरै अझै ओझेलमा रहेको बताए । ‘यस्ता पदमार्गहरू र गन्तव्यहरू पहिचान गरी प्रवद्र्धन गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन मन्त्रालयले यी गन्तव्यहरूको सम्पूर्ण सम्भावनामा काम गर्नुपर्ने बेला आएको छ।’
पूर्व परराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वका दुई ठूला अर्थतन्त्र र जनसंख्या देश भारत र चीनबाट पर्यटक आकर्षित गर्नका लागि विशेष योजना आवश्यक रहेकोमा जोड दिए ।
‘त्यो जनसंख्याको लाभ लिन हामी चुकेका छौँ । धार्मिक तथा सांस्कृतिक विविधता नेपालको पर्यटनमा अर्को महत्वपूर्ण पक्ष हो,’ उनले भने, ‘हामीसँग बौद्ध र हिन्दु धर्मका सांस्कृतिक सम्पदा छन् । यसलाई सही ढंगले प्रस्तुत गर्न सके हामीले ठूलो संख्यामा पर्यटक ल्याउन सक्छौँ ।’
उनले सडक र हवाई यातायातका अवरोधले पर्यटकलाई असहज बनाउने भएकाले त्यसलाई सुधार गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिए । ‘कतिपय चुनौतीहरू हाम्रो पूर्वाधारले सिर्जना गरेका छन्,’ साउदले भने, ‘त्यसमा सुधार नगरी पर्यटकको अनुभव राम्रो बनाउँन सकिन्न ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

झापामा मतदातासँगको भेटघाटकै बीचमा : ओलीको भावुक पोस्ट “झापाली स्नेह !”

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com