ट्रम्पका पूर्व डोज प्रमुखले नयाँ राजनीतिक पार्टी सुरु गर्ने धम्की दिएका छन् भने राष्ट्रपतिले टेस्ला मालिकको संघीय अनुदानमाथि छानबिन गर्ने बारेमा सोचिरहेका छन्।
काठमाडौं १८ असार । विश्व अर्बपति इलन मस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मार्की बजेट विधेयकमाथिको आक्रमणलाई पुनः चर्काएका छन् । यी दुई ओलीगार्कबीचको झगडाले विश्व राजनीतिलाई तरंगित बनाएको छ । इलन मस्कको पछिल्लो आलेचनाबाट राष्ट्रपति ट्रम्पलाई आक्रोशित बनाएको छ भने अमेरिकी लगानीकर्ताहरूबाट आक्रोश निम्त्याउनुका साथै केही डेमोक्र्याटहरूमा खुशीको उछाल ल्याइदिएको छ । मस्कले अमेरिकामा डेमोक्रेटिक र रिपव्लिकन द्धिदलीय प्रणालीका विरुद्ध नयाँ राजनीतिक पार्टी सुरु गर्ने धम्की दिएको अमेरिकी मिडियाको शीर्ष समाचार बनिरहेको छ ।
‘यदि यो पागल खर्च विधेयक पारित भयो भने, त्यसको भोलिपल्ट अमेरिका पार्टी गठन हुनेछ’ मस्कले पछिल्लो पटक आफ्नै सोसल साइट एक्समा लेखेका छन् । ‘हाम्रो देशलाई डेमोक्र्याट–रिपब्लिकन युनिपार्टीको विकल्प आवश्यक भएको छ जसले वास्तवमै जनताको आवाज बोकोस् ।’
ट्रम्पले मस्कलाई राष्ट्रपतिको आफ्नै निजी सोसल साइट ट्रुथ सोशलमा तिखो जवाफ फर्काएका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक ‘सम्भवतः पसल बन्द गर्नुपर्ने र दक्षिण अफ्रिका फर्कनुपर्ने’ अवस्था आउनेछ । राष्ट्रपतिले लेखेका छन् मस्कले प्राप्त गरेका संघीय अनुदानहरू कटौती गर्दा देशले ‘धेरै पैसा’ बचत गर्ने ट्रम्पको बुझाई छ । मस्कले सन्चालन गरेको टेस्ला कार र स्पेश एक्स कार्यक्रमको लागि निकै ठूलो राशीको संघीय अनुदान पाउँदै आएका छन् ।
यो झगडा मस्क– ट्रम्पबीचको पहिलो झगडा विस्फोट भएर केही मत्थर भएको केही हप्तापछि पुन बल्झेको हो । शुरुमा दुई धनाढ्यहरुबीच एकअर्कालाई तल्लो स्तरका गालीहरू वमन गरेपछि एकाएक तिनीहरूको मतभेद शान्त भएको जस्तो देखिएको थियो । उतिबेला मस्कले ‘धेरै टाढा गएका’ पोस्टहरूमा पछुतो व्यक्त गरेका थिए ।
अब फेरि तिनीहरू ट्रम्पको एजेन्डालाई मूर्त रूप दिने विशाल ३.३ ट्रिलियन डलरको विधेयकमाथिको झगडामा पुनः खडा भएका छन् ।
मस्क, जो मेको अन्त्यमा ह्वाइट हाउस छोड्नुअघि ट्रम्पका सबैभन्दा विश्वासिलो सल्लाहकारहरू मध्ये एक थिए, उनले ट्रम्पको बजेट विधेयकलाई ‘इतिहासकै सबैभन्दा ठूलो ऋण वृद्धि’ भन्दै निन्दा गरेका थिए । जब यो विल अमेरिकी प्रतिनिध सभाको अनुमतिमा सिनेटमा चर्को बहस भइरहेका बेला पुन बल्झेको हो । मस्कले यो बजेट पारित गरेमा रिपब्लिकनहरूविरुद्धको प्राइमरी दौडमा विपक्षी उम्मेदवारहरूलाई समर्थन गर्ने धम्की दिएका छन् । मस्कले डोजमार्फत संघीय ऋण घटाउने अभियान चलाएका थिए । मस्कले वासिङ्टनको ‘युनिपार्टी’ र ‘पोर्की पिग पार्टी’ भनेर आक्रोश व्यक्त गर्दै बिग ब्यूटिफुल बिलको निन्दाका लागि सिलसिलेबार ट्विट गरिरहेका छन् ।
ट्रम्पको नेतृत्वमा, मस्कले सरकारी दक्षता विभागको नेतृत्व गर्दै लागत–कटौती नाम दिइउको अभियालने संघीय एजेन्सीहरूमा अस्वभाविका पहुँचका साथ रोजगारी कटौती र सयौं सहयोगी सम्झौता रद्द गरेको थियो । त्यो अभियानबाट १९० बिलियन डलर संघीय खर्च कटौती गरेको दाबी गरिएको छ ।
मस्कका नयाँ आक्रमणहरूले उनलाई असामान्य कुनाहरूबाट समर्थन प्राप्त गरेको वाशिंगटन पोष्टले लेखेको छ ।
ट्रम्पको बिग व्युटीफूल विल नाम दिइएको बजेट विलले राष्ट्रिय ऋण बढाउने मुख्य कारण मस्कले अघि सारेका छन् ।
‘यसले विगतका उद्योगहरूलाई ह्यान्डआउट गर्छ, भने भविष्यका उद्योगहरूलाई गम्भीर रूपमा हानि पुर्याउँछ’ उनले एक्समा मा लेखेका छन् ।
केही टेस्ला प्रशंसकहरू—र मस्कका अन्य व्यवसायलाई समर्थन गर्नेहरूले ७,५०० डलर विद्युतीय सवारी साधन कर क्रेडिट हटाउने र वायु र सौर्य ऊर्जा जस्ता पहलहरूका लागि ऊर्जा प्रोत्साहनहरू हटाउने विधेयकको विरोध गरेका छन्।
मस्कको ट्रम्प एजेन्डामाथिको पुनर्विचार केहीलाई स्वागतयोग्य विकास लागेको अमेरिकी सन्चार माध्यमले उल्लेख गरेका छन् ।
‘विश्वास गर्न गाह्रो छ कि म त्यो व्यक्तिको पक्षमा छु जसले ट्रम्पलाई जिताउन ३०० मिलियन डलर खर्च गरे, तर ऊ गलत छैन’ सिनेटर एलिजाबेथ वारेन (डी–म्यासाचुसेट्स) ले एक्समा मा लेखेकी छन् । उनी ट्रम्प–मस्क ओलीगार्कको प्रखर विरोधी हुन् । उनले भनेकी छन् ‘रिपब्लिकनहरूको राष्ट्रिय ऋण बढाएर अर्बपतिहरूलाई ठूलो कर छुट दिने योजना आर्थिक विपत्ति हुनेछ।’
धेरैले मस्कको ट्रम्पको विरोध अभियान उनको स्पष्ट दृष्टिकोणमा आएको परिवर्तन भन्दै खुशी प्रकट गरेका न्यूयोर्क टाइम्सले लेखेको छ ।
‘मेरो पुरानो मालिक दुई तार्किक निष्कर्षमा पुगेका छन्ः पहिलो, मागासँग ऋण संकट समाधान गर्ने कुनै विश्वसनीयता छैन’ वासिङ्टनमा पूर्व टेस्ला कार्यकारी रहेका रोहन पटेलले भनेका छन् । ूदोस्रो, मागा ले अमेरिकी उच्च प्रविधि निर्माणलाई बिगार्दैछ र मूर्ख ऊर्जा नीतिहरू र ट्यारिफहरूले सबैका लागि बिजुलीका मूल्यहरू बढाउँदैछ जसले एआई र स्वच्छ प्रविधिको भविष्य चीनलाई सुम्पिनेछ।ू
उता टेस्लाका’सेयरहोल्डरहरू गुनासो गरिरहेका छन् किनकि बिक्री ृधेरै तले छ र ऊ तेस्रो पार्टी सुरु गर्ने कुरा गरिरहेको छ’ नाम नवताउने शर्तमा बताएको भन्दै टाइम्सले लेखेको छ ।







प्रतिक्रिया दिनुहोस्