ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजामती विधेयकमा छेडखानी गर्नेमाथि कारबाही गराउनेतर्फ लागेका छौँ – प्रचण्ड


abc news
असार १७, २०८२ मंगलबार  ५ : ४२ बजे

काठमाडौ १७ असार । नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।

योङ कम्युनिष्ट लिग, नेपाल वाईसीएल को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।

‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ,’ प्रचण्डले भने, ‘आज तपाईंहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ। यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।’

उनले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याए। ‘यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौं। अहिले पनि त्यो प्रवृत्ति जारी छ,’ उनले स्पष्ट पारे।

फरक प्रसँगमा उनले वर्षायामपछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिंदै त्यसपछि सुरु गरिने संगठन निर्माणको अभियानमा वाईसीएललाई सक्रिय सहभागिता जनाउन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

सम्बन्धित

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज हुँदै

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै, बादलको अभिव्यक्तिबारे छलफल हुने

२२ वर्षीया युवतीको मृत्यु प्रकरण: घटना अनुसन्धान गर्न टोली गठन

नेपाल एयरलाइन्सको पश्चिम एसियामा आजदेखि तीन दिन विशेष उडान

ट्रम्पको आक्रामक नीतिविरुद्ध ‘चोक प्वाइन्ट’ रणनीति: प्रतिस्पर्धी राष्ट्रहरूको नयाँ प्रतिकार

बादलको विवादास्पद अभिव्यक्ति : एमालेकै नेताहरू असन्तुष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com