ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुलिङ पिरियडमा जालसाझी विश्वकै लाजमर्दो राजनीतिक ठगी – बाबुराम


abc news
असार १७, २०८२ मंगलबार  ४ : ५५ बजे

काठमाडौ १७ असार । नेपाल समाजवादी पार्टी नेसपा का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले संघीय निजामती सेवा विधेयकमा संसदको राज्य व्यवस्था समितिबाट पारित गरिएको ‘कुलिङ अफ पिरियड’ प्रावधानलाई जालसाजीपूर्ण ढंगले हटाइएको घटनालाई विश्वकै लाजमर्दो राजनीतिक ठगीको संज्ञा दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले यस्तो कार्यले नेपालमा राज्य संरचना र राजनीतिक नेतृत्व कति हदसम्म साँठगाँठमा आधारित छ भन्ने तथ्य उजागर भएको बताएका छन्।

‘कूलिंग अफ पिरियड भनिने सरकारी कर्मचारीहरूले अवकाश वा राजीनामा पछि अर्को ठूलो सरकारी भाग खान २ वर्ष पर्खनुपर्ने संसदीय समितिले पारित गरेको प्रावधान जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराइएको घटना नेपाल मात्र हैन, विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीको घटना हुनुपर्छ,’ भट्टराईले लेखेका छन्।

उनका अनुसार उच्च तहको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीचको साँठगाँठकै कारण यसरी राज्यदोहन, राष्ट्रघात र जनविरोधी अपराधहरू भइरहेका छन् वा हुने सम्भावना देखिन्छ। ‘यो घटनाले कति ठूला राज्यदोहनकारी, राष्ट्रघाती र जनविरोधी अपराधहरू हुँदै आएका वा हुन सक्ने रहेछन् भन्ने जिउँदो र ताजा प्रमाण दिएको छ,’ उनले भनेका छन् ।

भट्टराईले यस घटनाको भर्त्सना र निन्दा मात्र गरेर नपुग्ने भन्दै राज्य प्रणालीको नै अग्रगामी पुनर्संरचना आवश्यक रहेको बताए। ‘टालटुले सुधारले हुँदैन, बरु समग्र राजनीति र राज्यप्रणालीको लोकतान्त्रिक, समाजवादी पुनर्संरचना गर्नैपर्छ भन्ने हाम्रो वैकल्पिक राजनीतिक अभियान त्यसैका लागि हो,’ उनले थपेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com