ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दै सुनुवाइ समिति


abc news

काठमाडौ १३ असार । संसदीय सुनुवाइ समितिले आज प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दैछ ।

सर्वोच्च अदालतको न्यायाधीशमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापा प्रस्तावित छन् । उनीहरूविरुद्ध ५ वटा व्यक्तिगत र दुईवटा सैद्धान्तिक विषयमा उजुरी परेको छ ।

समितिले उजुरीकर्तालाई आज बिहान ११ बजे सिंहदरबारमा बोलाएको छ । उजुरीकर्तासँग छलफल गरिसकेर आइतबार प्रस्तावित न्यायाधीशहरुको कार्यायोजना सुन्ने र सुनुवाइ गर्ने कार्यसूची छ ।

सुनुवाइ समिति सचिवालयका अनुसार प्रस्तावित न्यायाधीश पोखरेलविरुद्ध दुइटा उजुरी छन् । एउटा उजुरीमा मेघराज पोखरेलले सार्वजनिक बाटो मास्न सरकारी कागज किर्ते गर्नेको पक्षमा बहस गरेको भनेर आरोप लगाइएको छ । बहस गर्दा समेत किर्ते कागजको प्रयोग गरेको आरोपपत्रमा उल्लेख छ ।

अर्को एउटा उजुरी एकजना पूर्वप्रहरी उपरीक्षकले दिएका छन् । उजुरीकर्ता भ्रष्टाचारको मुद्दा लागेर हारेको थिए । तर, त्यो मुद्दा आफूमाथि नियतबस लगाइएको र आफू हार्नुमा प्रमाणको उचित मूल्यांकन नगरी सर्वोच्च अदालतले समेत अन्याय गरेको भनिएको छ । तर, आफ्नो मुद्दामा पोखरेलको के सम्बन्ध छ र उनी किन सर्वोच्च अदालतको लागि अयोग्य छन् भने केही खुलाइएको छैन ।

सर्वोच्चको न्यायाधीश प्रस्तावित श्रीकान्त पौडेलविरुद्ध पनि दुइटै उजुरी परेको छ । एउटा उजुरीमा पौडेलको कार्यक्षमतामा प्रश्न उठाइएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय सर्लाहीमा भएको उत्प्रेषण मुद्दामा न्यायाधीश श्रीकान्त पौडेल र न्यायधीश किरण कुमार पोखरेलले गरेको फैसलामा प्रमाणीकरण मिति फैसला हुनुभन्दा ७ महिना अगाडि राखिएको र यो कार्यक्षमतासँग जोडिएको विषय भएको उल्लेख छ ।

‘‘फैसला गर्दा लापरवाही गरी गम्भीर त्रुटि गरिएकाले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश श्रीकान्त पौडेलमा कार्यक्षमताको अभाव र न्याय निरुपण गर्ने कार्यमा गम्भीर लापरवाही गर्ने गरेको हुँदा सर्वोच्च अदालतको न्यायाधीश पदका लागि अस्वीकृत गरीयोस् भनि विनम्र निवेदन गर्दछु’ उजुरीमा उल्लेख छ ।

अर्को उजुरीमा श्रीकान्त पौड्याल रजिष्ट्रार हुँदा गरेका कामसँग सम्बन्धित छ । उनले गरेका कामहरु भनेर बुँदागत रुपमा यसरी प्रस्तुत गरिएको छ–

१। नेपाल सरकारको अर्थमन्त्रालयबाट भएको २०६७र०६८ मा भ्याट छली भएको ठुलो आर्थिक भ्रष्टाचार करिव रु। पैसठ्ठी अर्बको रिट निवेदनलाई दरपिठ गरी रिट खारेज गरेको हो ।

२। चिया विकास निगमको प्रमाणित प्रत्यक्ष आर्थिक भ्रष्टाचार रु। ३ अर्ब र अप्रत्यक्ष भ्रष्टाचार रु। ५ पाँच अर्ब हो ।

३। स्वर्गीय सुशील कोइराला नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०७०र०७१ मा भिषण बाढी पहिरोमा परेको बेला प्रधानमन्त्री राहत कोषमा जम्मा भएको कुल रकममध्ये रु। चालिस करोड आर्थिक दुरुपयोग गरी भ्रष्टाचार गरेको कागजात प्रमाण सम्पूर्ण पेश गर्दा पनि रिट दरपिठ गरी न्याय तथा न्यायालयको अधिकार र कर्तव्यको दुरुपयोग गरे गराएको प्रमाणितप्रति करिव तीन सय पानाका तीनवटा बुक वण्डल तयार छन् ।

निवेदकले यी विषयका प्रमाण दिन आफू तयार रहेको पनि बताएका छन् । ‘साथै त्यस बखतका प्रधानन्यायाधीश कल्याण प्रसाद श्रेष्ठ तथा सुशीला कार्कीबाट संविधान र अधिकार बाहिर गएर गरेका प्रष्ट प्रमाणसहित प्रस्तुत गर्नलाई म तयार छु’ उनले उजुरीमा लेखेका छन् ।

पौडेलविरुद्ध ‘छानबिन समिति वा संसदीय उपसमिति बन्नुपर्ने उनको सर्त छ ।

उजुरीमा उनले लेखेका छन्, ‘छानबिन समिति ९उप० बन्दछ भने सम्मानित संसदीय समितिले गरेका विगतका विवादित निर्णय सिफारिसका अवस्थाका पत्रहरु समेत सुनुवाइ समितिले प्रत्यक्ष बयानका लागि बोलाउँदा पेश गर्ने गरी उपस्थित हुने छु ।’

अर्का प्रस्तावित न्यायाधीश शान्तिसिंह थापाविरुद्ध भने एउटा उजुरी परेको छ ।

उजुरीकर्ताले आफू वैवाहिक वलात्कारमा परेको र यस सम्बन्धमा आफूले दिएको उजुरी उच्च अदालत दिपायलको मुख्य न्यायाधीश रहँदा शान्ती सिंह थापाले अगाडि नबढाइदिएको आरोप लगाइएको छ ।

आफ्नो निवेदनउपर कुनै प्रकृया, अनुसन्धान नै नगरी उजुरी निवेदन अगाडि वढाउन असमर्थ भएको भनेर त्यहाँका सूचना अधिकारीमार्फत फोन मार्फत जानकारी दिएको उनले लेखेकी छन् ।

यी विषय उठाउँदै शान्ती सिंह थापा सर्वोच्च अदालतको न्यायाधीशका लागि योग्य नरहेको दाबी उजुरीकर्ताको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com