ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आलमलाई सफाइ दिने न्यायाधीशहरू विरुद्ध थप उजुरी


abc news
असार ९, २०८२ सोमबार  ५ : ४५ बजे

काठमाडौ ९ असार । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलम लगायतलाई सफाइ दिने उच्च अदालतका न्यायाधीशहरू डा। खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध न्यायपरिषद्‍मा थप उजुरी परेको छ ।

जाहेरीकर्तामध्येका एक शैलेन्द्र शाहले मुद्दामा बदनियतपूर्वक फैसला भएको भन्दै त्यसमा संलग्न न्यायाधीशहरूलाई कारबाहीको माग राखी सोमबार न्यायपरिषद्‍को सचिवालयमा अर्को उजुरी दर्ता गरेका हुन् ।

आरोपितहरूलाई उन्मुक्ति दिने मनसाय र उद्देश्यबाट घटना नै नभएको ठहर गरी मुद्दाको फैसला भएको भन्दै उनले मुद्दाको सुनुवाइका क्रममा भएको क्रियाकलापले समेत प्रश्न उठेको बताएका छन् ।

डा। खुसीप्रसाद थारूको इजलासमा मुद्दा नपरुञ्जेल सुनुवाइ नै नभएको, दोस्रो नम्बरको मुद्दाले प्राथमिकता पाएको, करिब ४ घण्टाको सुनुवाइपछि मुद्दाको फैसला भएको भन्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवाले रौतहटको गौरमा आयोजित कार्यक्रममा ‘आलमलाई जसरी पनि निकाल्छु’ भनी अभिव्यक्ति दिएको र त्यसै अनुसार मुद्दाको फैसला भएकोमा प्रश्न उठाएका हुन् ।

उनले कानुनमन्त्री अजयकुमार चौरसिया र मुद्दाको फैसला गर्ने न्यायाधीशहरू डा। थारू र महर्जन बीचको ‘कल डिटेल रेकर्ड’ मगाएर छानबिन गर्न माग गरेका छन् । न्यायाधीशहरू डा। थारू र महर्जनमाथि समेत अनुसन्धान गर्न उनले माग गरेका हुन् ।

उजुरी दिने साह घटनाको प्रत्यक्षीदर्शीमध्ये एक हुन् । उनी जिल्ला अदालतमा चलेको मुद्दामा सरकारी पक्षबाट साक्षी भई बकपत्र समेत गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा उनी एमालेबाट उम्मेदवार एवं आलमका प्रतिस्पर्धी थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

सम्बन्धित

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com