ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीदेखि कर्णालीसम्म भारी वर्षा, सबैभन्दा धेरै पानी कपिलवस्तुमा


abc news


काठमाडौं, ९ असार । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा गएराति भारी वर्षा भएको छ । गएराति लुम्बिनीको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा सबैभन्दा धेरै १०६।८ मिलिमिटर वर्षा भएको छ । यो गत ६ घण्टाको वर्षा मापन हो ।

यसैगरी गण्डकीको गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१।४ मिलिमिटर वर्षा मापन भएको छ । चर्चरेमा आज बिहान एक घण्टायताको वर्षा पनि ४४।८ मिलिमिटर मापन भएको छ ।

चितवनको गोबिन्द बस्ती, दाङ देउखुरीको रङसिङ र लालमटियामा केन्द्रमा पनि भारी वर्षा भएको छ ।

यसैगरी झापाको दमक, रौतहटको रजुवा, सप्तरीको रुपनीबजार, नवलपरासीको देउराली, सुर्खेत विमानस्थल र सुर्खेतकै रातानाङ्ला स्टेसनमा पनि भारी वर्षा भएको छ ।

गएराति काठमाडौंमा हावाहुरीसहित मध्यम खालको वर्षा भएको थियो । वर्षाका कारण नदीको जलसतह बढेको थियो ।

काठमाडौंमा गएराति १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मापन भएको थियो । विमानस्थलमा ६२ मिलिमिटर र कपनमा ६१।४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी बूढानीलकण्ठमा ४८ र बबरमहलमा ३८।६ मिलमिटर वर्षा मापन भएको छ ।

वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती र धोबीखोलामा बाढी आएको थियो । जल तथा मौसम विज्ञान विभागले गएराति नै एसएमएस पठाएर ती नदी किनारमा यात्रा नगर्न भनेको थियो ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com