ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीदेखि कर्णालीसम्म भारी वर्षा, सबैभन्दा धेरै पानी कपिलवस्तुमा


abc news
असार ९, २०८२ सोमबार  ७ : ०४ बजे


काठमाडौं, ९ असार । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा गएराति भारी वर्षा भएको छ । गएराति लुम्बिनीको कपिलवस्तु जिल्लास्थित भगवानपुरमा सबैभन्दा धेरै १०६।८ मिलिमिटर वर्षा भएको छ । यो गत ६ घण्टाको वर्षा मापन हो ।

यसैगरी गण्डकीको गोरखास्थित गोरखा एग्रोमेट केन्द्रमा १०३ र बागमतीको चितवनस्थित चर्चरे केन्द्रमा १०१।४ मिलिमिटर वर्षा मापन भएको छ । चर्चरेमा आज बिहान एक घण्टायताको वर्षा पनि ४४।८ मिलिमिटर मापन भएको छ ।

चितवनको गोबिन्द बस्ती, दाङ देउखुरीको रङसिङ र लालमटियामा केन्द्रमा पनि भारी वर्षा भएको छ ।

यसैगरी झापाको दमक, रौतहटको रजुवा, सप्तरीको रुपनीबजार, नवलपरासीको देउराली, सुर्खेत विमानस्थल र सुर्खेतकै रातानाङ्ला स्टेसनमा पनि भारी वर्षा भएको छ ।

गएराति काठमाडौंमा हावाहुरीसहित मध्यम खालको वर्षा भएको थियो । वर्षाका कारण नदीको जलसतह बढेको थियो ।

काठमाडौंमा गएराति १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मापन भएको थियो । विमानस्थलमा ६२ मिलिमिटर र कपनमा ६१।४ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी बूढानीलकण्ठमा ४८ र बबरमहलमा ३८।६ मिलमिटर वर्षा मापन भएको छ ।

वर्षाका कारण काठमाडौंका बागमती, विष्णुमती र धोबीखोलामा बाढी आएको थियो । जल तथा मौसम विज्ञान विभागले गएराति नै एसएमएस पठाएर ती नदी किनारमा यात्रा नगर्न भनेको थियो ।

आज देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागको केही स्थानहरूमा तथा बाँकी भू–भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षार हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com