ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत लगियो


abc news
असार ८, २०८२ आईतबार  २ : २४ बजे

काठमाडौ ८ असार । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई अदालत उपस्थित लगिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी० का प्रवक्ता तथा एसपी युवराज खड्काले रोकालाई अदालत लगिएको बताए । ‘उहाँविरुद्ध यसअघि नै मुद्दा दर्ता भएकाले सरकारी वकिलमार्फत अदालत पेश गरिन्छ । त्यसका लागि उहाँलाई पठाइसकेका छौं,’ प्रवक्ता खड्काले भने ।

गत शुक्रलबार सीआईबीले रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।

उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल० मा डिफ्यूटन नोटिस जारी भएको थियो । उनी सुनकाण्डमा मुछिएका बेलिजयम नागरिक दाबा छिरिङका श्रमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।

१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।

अमला रोल्पाकी माओवादी नेतृ समेत हुन् । रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए ।

रोकासहित तीन चिनियाँ नागरिकसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको पाइएको पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसमेत विवादमा मुछिएका थिए । उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन समितिले उनको समेत बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

सम्बन्धित

ओलीको बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com