काठमाडौं, ७ असार ।
महेश्वर अधिकारी
बारा, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थापना दिवस विविध कार्यक्रम गरेर बारामा पनि मनाउँदैछ। बाराको उत्तरी भेग निजगढदेखि भारतसँगको सिमा नाका मटिहर्वासम्म विविध कार्यक्रमको आयोजना गरेको छ शनिबार विहान निजगढ–४ स्थित ऐतिहासिक पर्वतनाथ महादेव मन्दिरमा सरसफाइसहित फुलका बिरुवा रोपेको छ । रास्वपा बाराका सचिव रामहरी खरेलका अनुसार सदरमुकाम कलैयादेखि मटिअर्वा नाकासम्म मोटरसाईकल र्यालीसहित झण्डोतोलन कार्यक्रम गर्दैछ । रास्वपाको जीतपुरसिमरा र निजगढ नगर समितिले साँझ दिप प्रज्वलनको कार्यक्रम समेत आयोजना गरेको जिल्ला सचिव रामहरी खरेलले जानकारी दिएका छन् ।








प्रतिक्रिया दिनुहोस्