पोखरा । भारत सरकारले गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य सङ्घ संस्थालाई ७ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । शनिवार एक कार्यक्रमका बिच भारतीय दुतावास पेन्सन वितरण कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बघेलले स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई चाबी हस्तान्तरण गरेका हुन् । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स दिइएको हो । बंगेलका अनुसार तनहुँका २ संस्थाले एम्बुलेन्स प्राप्त गरेका छन् । म्याग्दे गाउँपालिका स्थित मनपाङ हेल्थपोष्ट र आँबुखैरेनी अस्पताललाई एक–एक एम्बुलेन्स दिइएको छ ।
यस्तै, गोरखा जिल्ला अस्पताल र गोरखा वडा नम्बर ६ लाई छुट्टाछुट्टै वितरण गरिएको हो । एम्बुलेन्स हस्तान्तरणपछि बोल्दै पेन्सन वितरण कार्यालय पोखराका प्रमुख बघेलले गण्डकीसँगै धरान, काठमाडौ र वीरगञ्जमा समेत एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । स्वास्थ्य संस्थाका प्रतिनिधिहरूलाई एम्बुलेन्सको नियमित प्रयोग, संरक्षण र मर्मत सम्भारमा ध्यान दिन समेत उनले आग्रह गरे । बघेलले दुई देशबिचको मित्रताको प्रतीक स्वरूप एम्बुलेन्स हस्तान्तरण गरेको बताए । एम्बुलेन्स स्थानीय जनसङ्ख्या र भारतीय सेनामा काम गरेकाहरूको सङ्ख्याका आधारमा एम्बुलेन्स दिइएको बताए । बगेलले आगामी दिनहरुम आवश्यकता र सिफारिसका आधारमा थप एम्बुलेन्स उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । यसबाहेक पर्वतको आर्थर डाँडाखर्क हेल्थ पोष्ट, स्याङजाको गल्याङ नगर अस्पताल, म्याग्दीको बेनी अस्पताललाई पनि एम्बुलेन्स वितरण गरिएको पेन्सन क्याम्प पोखराका जनसम्पर्क अधिकारी भरत भूषण पाण्डेले जानकारी दिए । सातै वटा स्वास्थ्य संस्थालाई आवश्यक औषधीहरुसमेत प्रदान गरिएको छ । क्याम्पले गण्डकी प्रदेश भित्र शिक्षा, स्वास्थ्य पुर्वाधार र अन्य सामाजिक सास्कृतीक विषयहरुमा पनि सहयोग गर्दै आईरहेको छ ।








प्रतिक्रिया दिनुहोस्