काठमाडौ ४ असार । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पेस हुन आएको उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्