काठमाडौ २ असार । उच्च अदालत पाटनले दिलभूषण पाठकलाई ‘कानुनबमोजिम बाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकका तर्फबाट दायर निषेधाको निवेदनमा सुनुवाइ गरेपछि यो आदेश जारी गरेको हो। अन्तरिम आदेशका लागि छलफलका लागि अदालतले असार ५ गते पर्सि० दुवै पक्षलाई बोलाएको छ।
आदेशमा लेखिएको छ, ‘निवेदकले अन्तरिम आदेशसमेत माग गरेको सन्दर्भमा विचार गर्दा दुवै पक्षलाई छलफलमा सहभागी गराई दुवैको कुराहरू सुनी अन्तरिम आदेश जारी गर्न पर्ने वा नपर्ने सम्बन्धमा आदेश गर्न उपयुक्त देखिँदा मिति २०८२।०३।०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरी यी निवेदक दिलभूषण पाठकलाई कानुनबमोजिम बाहेक धरपकड नगर्नू, नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० ९क० बमोजिम विपक्षीहरूका नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ। प्रस्तुत आदेशको जानकारी छिटो माध्यमद्वारा विपक्षीहरूलाई दिनुहोला।’
यस्तै अदालतले पाठकविरूद्धको पक्राउ पुर्जी खारेज किन नगर्ने भनेर सरकारसँग लिखित जवाफ पनि माग गरेको छ।
जवाफ दिनका लागि अदालतले १५ दिनको म्याद दिएको छ।
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश
‘यसमा के कसो भएको होरु निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने होरु मागबमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत लिखित जवाफ पेस गर्नू भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतित भएपछि नियमानुसार गरी पेश गर्नू,’ आदेशमा लेखिएको छ।









प्रतिक्रिया दिनुहोस्