ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले हान्यो इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल


abc news

काठमाडौ २ असार । इरानले इसराइलको सबैभन्दा ठूलो तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको छ।

गएराति इरानले उत्तरी इसराइलको हाइफा बे मा रहेको तेल प्रशोधन क्षेत्रमा मिसाइल प्रहार गरेको हो।

इरानको हमलापछि तेल प्रशोधन केन्द्र रहेको उक्त क्षेत्रमा आगो लागेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

इरानी हमलाबाट त्यस क्षेत्र आगोको लप्काले ढाकिएका भिडियो र फोटोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। न्युयोर्क टाइम्सले तस्बिर र फोटो भेरिफाइ गरिएको बताएको छ।

आगलागी भएपछि मानिसहरू त्यहाँ अड्किएका थिए। बिहान ढिलासम्म पनि उनीहरूको उद्धार र आगो नियन्त्रणमा इसराइली अधिकारीहरू खटिएका थिए।

इरान र इसराइलले चार दिनदेखि एक(अर्कामाथि आक्रमण गरिरहेका छन्।

गएराति इसराइलले इरानका ८० ठाउँमा लक्ष्य गरेर आक्रमण गरेको न्युयोर्क टाइम्सले जनाएको छ। आक्रमणमा परी २० जना उच्च सैन्य अधिकारी, आणविक वैज्ञानिक र नागरिक गरी २२० जनाभन्दा बढीको मृत्यु भएको र १ हजार २०० जनाभन्दा बढी घाइते भएका छन्।

इसराइलको आपतकाली सेवा मगेन डेविड एडम ९एमडिए० आपतकालीन सेवाले गएराति इरानले इसराइलका चार स्थानमा लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ।

ल्अज
िल्अभिि
तेल अभिभलगायतका क्षेत्रमा धेरै भवनहरुमा क्षति पुगेको र अहिलेसम्म कम्तिमा १४ जना मारिएको बताइएको छ।

तेल अभिभबाट दक्षिणमा रहेको तटीय सहर बातयाममा शनिबार राति ठूला(ठूला भवनहरु ध्वस्त भएका छन्। त्यहाँ रहेका ६० भन्दा बढी भवनहरू कुनै न कुनै रूपमा क्षतिग्रस्त भएको बताइएको छ।

जबाफमा इसराइलले इस्लामिक रिभोलुसनरी गार्ड कोरको सैन्य संरचना कुर्द्स फोर्सको कमान्ड सेन्टरमै लक्ष्य गरेर हमला गरेको जनाएको छ। तेहरानमा रहेको कमान्ड सेन्टरमा केही क्षति भएको बताइएको छ।

युरोपेली र मध्यपूर्वका देशहरूले दुवैलाई आक्रमण रोक्न आग्रह गरेका छन्। आक्रमण जारी रहे यसले क्षेत्रीय तनाव फैलाउने र अन्य देशहरू पनि संलग्न हुनसक्ने खतरा निम्त्याउने विश्लेषण गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक हतियार सम्बन्धी वार्तामा आउन अनुरोध गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com