काठमाडौ २ असार । नेकपा ९एकीकृत समाजवादी० का सांसद प्रकाश ज्वालाले आगामी आर्थिक वर्षको बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको आरोप लगाएका छन्।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्री र नेताका बुवा आमाका नाममा तथा पार्टी र जनसंगठनका नाममा कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको जिकिर दाबी समेत गरे।
‘यो बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेको देखिन्छ,’ ज्वालाले भने, ‘मन्त्री र नेताका बुवा आमाका नाममा, पार्टी र जनसंगठनका कार्यालय बनाउन अर्बौँ बजेट बाँडिएको छ। जबकि, दुर्गम जिल्लाहरूमा स्वास्थ्य चौका, खानेपानी जस्ता आधारभुत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन्।’
कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र विचौलियाहरूले हालीमुहाली गरेको समेत उनको टिप्पणी छ।
‘कुनै प्रक्रिया पूरा नगरेका योजनाहरूमा मन्त्रीका आसेपासे, दलाल र बिचौलियाहरूले हालीमुहाली गरेका छन्,’ ज्वालाले भने, ‘केन्द्रमा ३ करोड भन्दा माथिका योजना छनोट गर्ने योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाइएको छ र बजेट छरपस्ट रूपमा वितरण गरिएको छ।’








प्रतिक्रिया दिनुहोस्