काठमाडौ २ असार । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले संसद्मा अवरोध कायमै राखेका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि रास्वपा र राप्रपापका सांसदहरुले अवरोध कायमै गरेका हुन्।
सभामुख देवराज घिमिरेले कार्यसूची अगाडी बढाउन खोजेपछि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाए।
भिजिट भिसा प्रकरणमा नाम जोडिएको भन्दै गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरुले लगातार संसद अवरोध गर्दै आएका छन्।
आजको बैठकमा रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई बोल्नको लागि समय दिएका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, त्यतिबेलासम्म आफूहरूले यसमा भाग नलिने भन्दै बाहिष्कारको घोषणा गरे।
‘जबसम्म जबरजस्त यस प्रकारको संसद्लाई अगाडि बढाउने काम भइराख्छ,’ उनले भने, ‘यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन। हामी बहिष्कार गर्छौं।’
त्यसपछि रास्वपाका सांसदहरुले वेल घेरेर नाराबाजी थालेका छन्।
तर, विरोधकाबीच पनि सभामुख देवराज घिमिरेले भने हिजोजस्तै संसद् बैठक अगाडि बढाएका छन्।








प्रतिक्रिया दिनुहोस्