ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आगामी आर्थिक वर्षका लागि कुन प्रदेशको बजेट कति ?


abc news
असार २, २०८२ सोमबार  ५ : ४८ बजे

काठमाडौं, २ असार । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ अनुसार प्रदेशहरूले असार १ गते अनिवार्य बजेट ल्याउनु पर्छ ।आइतबार कोसी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । चालु वर्षको बजेटको तुलनामा यो १।७ प्रतिशत बढी हो ।

त्यस्तै, मधेस प्रदेशले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको छ । यो वर्ष सबैभन्दा ठूलो आकारको बजेट वाग्मती प्रदेशले ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको छ । त्यस्तै दोस्रोमा मधेस प्रदेशले ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कुन प्रदेशले कति आकारको बजेट ल्याए ?
कोसी प्रदेश
कोसी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा १।७० प्रतिशतले बढी हो ।

प्रदेशले आगामी वर्ष चालुतर्फ १८ अर्ब ६७ करोेड ३३ लाख, पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख र वित्तीय व्यवस्थापनतर्फ १० करोड रुपैयाँ विनियोजन गरेको छ । चार अर्ब ७० करोड ७२ लाख रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ ।

कुल विनियोजन बजेट राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा ३२ अर्ब ७४ करोड ९९ लाख रुपैेयाँ खर्च ब्यहोर्ने अनुमान छ । जसमा प्रदेशले पाँच अर्ब ५० करोड रुपैयाँ राजस्वबाट संकलन गर्ने लक्ष्य राखेको छ । राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदानबाट चार अर्ब ५७ करोड १० लाख रुपैयाँ ब्यहोर्ने अनुमान गरिएको छ । त्यसैगरी समपूरक अनुदानबाट ३९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड ७२ लाख रुपैयाँ ब्यहोर्ने अनुमान छ ।

रोयल्टीबाट प्राप्त हुने रकमबाट ३५ करोड ६ लाख खर्च व्यहोर्ने अनुमान छ । बाँकी अपुग रकम नगद मौज्दातबाट तीन अर्ब १३ करोड रुपैयाँ व्यहोर्ने अनुमान छ ।

मधेस प्रदेश
मधेस प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेटको तुलनमा ६।१३ प्रतिशतले बढी विनियोजन गरिएको बताए । कुल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड पाँच लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ३५.८९ प्रतिशत हो ।

पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजन बजेटमध्ये ६४।११ प्रतिशत हो ।

आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७२ करोड १९ लाख र सशर्त अनुदानबाट चार अर्ब २६ करोड १८ लाख रुपैयाँ व्यहोर्ने अनुमान गरिएको छ ।

विशेष अनुदानबाट ३९ करोड ४५ लाख, समपुरक अनुदाबाट ३५ करोड ८२ लाख रुपैयाँ व्यहोर्ने अनुमान छ । संघीय राजस्व बाँडफाँटबाट १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने यादवले जनाकारी दिए । गत वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड दुई लाख रुपैयाँ ब्यहोर्ने पनि उनको भनाइ छ । त्यस्तै, घाटा हुने दुई अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइने यादवले बताए ।

वाग्मती प्रदेश
वाग्मती प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ विनियोजन गरेको छ । कुल विनियोजनमध्ये प्रदेशले चालुतर्फ २६ अर्ब चार करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको छ । यो कुल विनियोजनको ३८।६ प्रतिशत हो । पुँजीगतर्फ ४१ अर्ब ४३ करोड २६ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको ६१।४ प्रतिशत हो ।

खर्च ब्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख र अन्य राजस्वबाट ६ अर्ब ७९ करोड चार लाख प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड ९३ लाख, चालु आर्थिक वर्षका अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तिबाट १६ अर्ब ९८ करोड ९४ लाख व्यहोर्ने अनुमान गरिएको छ ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशले चालु आर्थिक वर्ष ०८२/८३ का लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको छ । चालु वर्षको भन्दा यो वर्ष बजेटको आकार गण्डकीले घटाएको छ । चालु वर्षमा गण्डकी प्रदेशले ३२ अर्ब ९७ करोड ८५ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
प्रदेशले चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । यो कुल विनियोजनको ३९ प्रतिशत हो ।

पुँजीगतर्फ १९ अर्ब ९ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको ५९।७ प्रतिशत हो ।
वित्तीय व्यवस्थातर्फ २५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजन बजेटको ०।८ प्रतिशत हो । आगामी वर्ष एक करोड ५४ लाख ५२ हजार रुपैयाँ सञ्चित कोषमा व्यय भार थपिने अनुमान गरिएको छ ।

खर्च ब्यहोर्ने स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ७३ करोड ८७ लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त हुने रोयल्टी ४९ करोड ८९ लाख रुपैयाँ व्यहोर्ने अनुमान छ ।

सशर्त अनुदानबाट तीन अर्ब ३५ करोड ६४ लाख, समपुरक अनुदानबाट ६३ करोड ९७ लाख र विशेष अनुदानबाट ४९ करोड ८४ लाख रुपैयाँ व्यहोर्ने अनुमान छ ।

प्रदेश राजस्व परिचालनबाट आन्तरिक राजस्व पाँच अर्ब ४५ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । साथै, चलु आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात् दुई अर्ब २४ करोड ५० लाख रुपैयाँ नगद मौज्दात बचत हुने अनुमान गरिएको छ । न्यून हुनेमध्ये एक अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट पूर्ति हुने व्यवस्था मिलाइएको छ ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । कुल खर्चमध्ये चालुतर्फ १२ अर्ब एक करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजन बजेटको ३०।८८ प्रतिशत हो ।

पुँजीगततर्फ २३ अर्ब ४३ करोड १४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ६०।३२ प्रतिशत हो । वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

आन्तरिक राजस्वबाट सात अर्ब ७८ करोड चार लाख रुपैयाँ र संघीय सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँटबाट हुने ११ अर्ब ८६ करोड ५६ लाख रुपैयाँ व्यहोर्ने अनुमान छ । संघीय सरकारबाट प्राप्त हुने रोयल्टी ४१ करोड ५० लाख, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजस्व दुई अर्ब ८२ करोड ९० लाख हुने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ४४ करोड ४४ लाख, सशर्त अनुदानबाट चार अर्ब ६६ करोड १५ लाख, समपुरक अनुदानबाट ५१ करोड ४० लाख र विशेष अनुदानबाट ४० करोड रुपैयाँ व्यहोर्ने अनुमान छ ।

यसका साथै चालु आर्थिक वर्षको नगद मौज्दातबाट दुई अर्ब रुपैयाँ परिचालन हुने अनुमान छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको छ ।
यो बजेट चालु आवको तुलनामा ५ प्रतिशतले बढेको हो ।पुँजीगततर्फ १९ अर्ब ९८ करोड २७ लाख १३ हजार र चालुतर्फ ७ अर्ब ७९ करोड ९१ लाख एक हजार विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री राजिवविक्रम शाहले मध्यराति प्रदेशसभामा बजेट प्रस्तुत गरेका हुन् ।दलहरूबीच बजेटमा सहमति जुट्न नसक्दा मध्यराति १२ बज्नभन्दा केही मिनेट अघिमात्रै कर्णालीमा बजेट सार्वजनिक गरिएको हो ।

असार १ गते नै बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थालाई टेकेर कर्णालीले बजेट ल्याएको हो । दिनभर दलहरूबीच सहमति जुट्न नसक्दा कर्णालीमा बजेट सार्वजनिक हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले बजेट बहिष्कार गर्ने चेतावनी दिएपछि दिनभर बजेट आउने वा नआउने भन्ने अन्यौल थियो ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशले चालुतर्फ १० अर्ब २० करोड ८१ लाख रुपैयाँ विनियोजन गरेको छ । यो कुल विनियोजनको ३०।४९ प्रतिशत हो । पुँजीगतर्फ १९ अर्ब ८३ करोड दुई लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजनको ५९।२५ प्रतिशत हो ।

वित्तीय हस्तान्तरणतर्फ तीन अर्ब ४२ करोड ७७ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल विनियोजन बजेटको १०।२४ प्रतिशत हो । वित्तीय व्यवस्थापनतर्फ एक करोड हुनेगरी विनियोजन गरिएको छ ।

खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ६२ करोड प्राप्त हुने अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँडफाँटबाट नौ अर्ब ८७ करोड २५ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । संघीय सरकारबाट बाँडफाँट हुने रोयल्टीबाट आठ करोड रुपैयाँ प्राप्त हुने अनुमान छ ।

वित्तीय समानीकरण अनुदानबाट आठ अर्ब ९२ करोड ५६ लाख, चालु आर्थिक वर्षमा विनियोजन भएको रकमबाट सात अर्ब ६६ करोड ६३ लाख रुपैयाँ नगद मौज्दात बचत हुने अनुमान गरिएको छ । सशर्त अनुदानबाट चार अर्ब १६ करोड ३० लाख, समपूरक अनुदानबाट ६० करोड २६ लाख र विशेष अनुदानबाट ५१ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

सम्बन्धित

एमालेको विरोधपत्र बुझ्दै काठमाडौंका सीडीओले भने– राजनीतिक विषयमा प्रवेश गर्दैनौं

प्रचण्ड नेकपा संसदीय दलको नेता चयन

रवि लामिछानेको अर्को तारिख वैशाख १४ गते

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com