काठमाठौ १ असार । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल नबुझेको मन्त्री भएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बजगाईँले आफूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई नेपालको भूगोल बुझेको व्यक्तिका रुपमा लिएपनि बजेटमा त्यस्तो नपाएको जिकिर गरे।
कांग्रेस सांसद बजगाईंले गरे बजेटको विरोध
उनले देशको ज्ञान राम्रोसँग नभएको व्यक्तिका रुपमा पाएको आरोप लगाए। उनले भने, ‘अवरोध कायम रहन्छ भन्ने संकेत पाएका छौँ। बजेटको सवालमा भौतिक पूर्वाधारमन्त्रीज्युको अध्ययन, नेपालका भूगोल कस्तो छ देश, त्यो कतै ज्ञान छैन की जस्तो लाग्यो।’
संसद्को अवरोध कायम रहने जानकारी पाएको पनि बताए।








प्रतिक्रिया दिनुहोस्