ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उमेर नपुगेकालाई जेष्ठ नागरिक भत्ता दिएर भ्रष्टाचार, १७ जनाविरूद्ध मुद्दा


abc news
असार १, २०८२ आईतबार  ३ : ३३ बजे

काठमाठौ १ असार । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेको साविक नरैनापुर गाउँविकास समिति कार्यालयका तत्कालीन अध्यक्षसहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

सामाजिक सुरक्षा भत्ता वितरण हिनामिना आरोपमा तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

तत्कालीन गाविस अध्यक्ष श्रीवास्तव, सचिव सावितराय कुर्मी, अशोककुमार श्रीवास्तवविरूद्ध मुद्दा दर्ता गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए।

उनका अनुसार सामाजिक सुरक्षा भत्ता बुझ्नेहरू साहजिमा खातुन, अवधराम बढही, राम जिवन पासी, मनोरानी अहिरनी, रामचन्द्र धोबी, लायसरीफ खाँ, मोमिना पठानीन, हामिया पठानीन, नन्कौ मुराउ, जंगली कडरिया, हरीराम अहिर, बारी खाँ, मोति भुजुवा र सन्तराम बडहीविरूद्ध पनि मुद्दा दर्ता भएको छ।

२०५७ देखि २०७२ सम्म सामाजिक सुरक्षा भत्ता पाउने उमेर नपुगेका १९ जनालाई नागरिकतामा उल्लेखित जन्म मिति र जारी मिति अन्देखा गर्दै भत्ता कार्ड उपलब्ध गराएको अख्तियारको आरोप छ।

ल्अज
ि

ल्अभिि

उनीहरूको नाममा ज्येष्ठ नागरिक, दलित, एकल महिला लगायत विभिन्न विषयमा अध्यक्ष र सचिवले मिलेमतोमा सामाजिक सुरक्षा भत्ताको लाभग्राही परिचयपत्र जारी गरेको देखिएको अख्तियारले जनाएको छ।

त्यसरी राज्यलाई ६ लाख ५६ हजार ७ सय रूपैयाँ नोक्सानी पुर्‍याएको ठहर गर्दै अख्तियारले उनीहरूमाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले अध्यक्ष श्रीस्वातवसँग ६३ हजार ६ सय, सचिव कुर्मीसँग ६ लाख ५६ हजार र सचिव श्रीवास्तवसँग ५८ हजार रूपैयाँ विगो दाबी गरेको छ। भत्ता लिनेसँग पनि ३० देखि ६३ हजार रूपैयाँसम्म बिगो दाबी गरिएको अख्तियारले सहायक प्रवक्ता थपलियाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

सम्बन्धित

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com