काठमाठौ १ असार । नागरिक अगुवाहरुले सार्वजनिक ओहोदामा बसेका ब्यक्ति बारे प्रश्न उठाउँदा साईबर अपराधमा मुद्दा लाउने र समाचार नै हटाउने प्रवृत्ति बढेको भन्दै यसले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता संकुचन ल्याउने ठहर गरेका छन्।
आइतबार संयुक्त विज्ञप्ति निकाल्दै उनीहरुले यस्तो कदमबाट स्वेच्छाचारी शासन शैलीको विकास हुने खतरा बढेको समेत टिप्पणी गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयको विकशित घट्नाक्रममा सार्वजनिक ओहोदामा बसेका ब्यक्ति बारे प्रश्न उठ्दा त्यसको उचित छानविन गर्नुपूर्व नै साईबर अपराधमा मुद्दा लाउने, धरपकडमा जाने, समाचार नै हटाउन लगाउने जस्ता देखिएका प्रबृत्तिले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता मात्र नभएर आमनागरिकको वैयक्तिक स्वतन्त्रताको अभ्यासलाई समेत संकुचित पार्ने, त्रास फैलाउँने कार्य हुनुका साथै यसबाट लोकतन्त्रको जगसमेतलाई कमजोर पारी स्वेच्छाचारी शासन शैलीको विकास हुने खतरा बढेको छ।’








प्रतिक्रिया दिनुहोस्