काठमाठौ १ असार । प्रतिनिधि सभामा विरोध र नाराबाजीका बीच बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । यो बेला अधिकांश कुर्सी खाली हुन पुगेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा वेल घेराउ र नाराबाजीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरएका छन् । यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् । तर, सत्तापक्ष तर्फ पनि सांसदहरुको उल्लेख्य सहभागीता पनि देखिँदैन।
आइतबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्