ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटले अनुमान गरेजस्तो आम्दानी हुने अवस्था छैन – महत


abc news
असार १, २०८२ आईतबार  ३ : १२ बजे

काठमाठौ १ असार । नेपाली कांग्रेस सांसद डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा ‘आर्थिक वर्ष २०८२र०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल’मा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको उनको भनाइ थियो ।

‘यो बजेटले जुन आम्दानीको अनुमान गरेको छ, त्यो आम्दानी चाहेजस्तो हुने अवस्था छैन । विदेशी अनुदान, अन्तर्राष्ट्रिय अनुदान हामीले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था छैन,’ पूर्वअर्थमन्त्री समेत रहेका महतले भने, ‘वैदेशिक ऋण पनि त्यही हिसाबले कार्यान्वयन हुने अवस्था छैन । र राजस्वको जुन लक्ष्य राखिएको छ, पहिले भन्दा घटाइएको छ । तै पनि, यो लक्ष्यलाई प्राप्त गर्न धेरै मिहिनेत गर्नुपर्नेछ ।’

डा। महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पारे ।

‘बजेटले जुन आम्दानीको स्रोत देखाएको छ, त्यो अनुसार आम्दानी नजुट्ने र त्यो आय ऋणबाट होस्, अनुदानबाट होस् या राजश्वबाट प्राप्त हुने जुन विनियोजन छ, त्यो किसिमको आय नहुने हुनाले विनियोजनमा पनि अवश्य समस्या हुने कुरामा दुई मत छैन,’ महतले भने ।

आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिक रूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

सम्बन्धित

ट्रम्पविरुद्ध अमेरिकाभरि प्रदर्शन : “नो किंग्स” आन्दोलनको तेस्रो चरण (फोटो फिचरसहित)

सरकारले तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणको अनुसन्धान थाल्यो

केपी ओलीलाई भर्चुअल रुपमा अदालत उपस्थित गराउने तयारी

देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

पूर्वगृहमन्त्री लेखकलाई अदालतमा उपस्थित गराइयो

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com