काठमाठौ १ असार । अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।
केहीबेर अघिसम्म वेल अगाडि उभिएर नाराबाजी गरिरहेका रास्वपा सांसदहरू अहिले पलेंटी कसेर बसेका छन् ।
उनीहरू बसेरै नाराबाजी गरिरहेका हुन् ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै उनीहरूले विरोध प्रदर्शन गरिरहेका हुन् ।
यस्तो अवस्थामा प्रतिनिधि सभामा सभामुख देवराज घिमिरेले बैठक चलाइरहेका छन् ।








प्रतिक्रिया दिनुहोस्