ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद् खुलाउनेबारे विपक्षीको निर्णय कुर्दै सभामुख


abc news
जेष्ठ २२, २०८२ बिहीबार  १ : २७ बजे

काठमाडौ २२ जेठ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको दाबीसहित लगातार प्रतिनिधिसभाको बैठक‍ अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरू अहिले पनि छलफलमै छन्। दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभाको बैठक उनीहरूले ठोस निर्णय नगर्दा अझै सुरु हुन सकेको छैन।

प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन र मन्त्रीको राजीनामालाई बटमलाइन बनाउँदै आइरहेका छन्।

यसबारे आगामी रणनीति के हुने भन्ने टुंगो लगाउन अहिले प्रतिपक्षी दलका नेताहरू छलफलमै रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले जानकारी दिए।

ुहामी छलफलमै छौँ। उच्चस्तरीय छानबिन समितिको अडानबाट हामी पछि हटेका छैनौँु पाण्डेले बैठकस्थलबाट नेपालखबरसँग भने, छानबिन समिति बनाउन तयार भए गृहमन्त्रीलाई बोल्न दिने कि भन्नेबारे छलफल गरिरहेका छौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रतिपक्षीहरू आफ्ना मागबारे अडिक रहेको दाबी गरे।
माओवादी गृहमन्त्रीको राजीनामाबाट पछि हटेको होरु भन्ने प्रश्नमा परियारले भने, हामी छलफलमै छौँ। बाहिर आएका हल्ला मात्रै हुन्।

सभामुख देवराज घिमिरेका सञ्चारविज्ञ शेखर अधिकारीले विपक्षी दलको निर्णयको पर्खाइमा सभामुख रहेको बताए।
हिजोको बैठक सत्तापक्ष र प्रतिपक्ष दुवैले सकारात्मक भएको भनेपछि सभामुखले सदन सञ्चालनको वातावरण बनाउन समय दिनु भएको हो, उनले भने, विपक्षी दलका नेताहरू माओवादी संसदीय दलको कार्यालयमा बैठक बसिरहेको सूचना छ। उहाँहरूको सकारात्मक निर्णयको पर्खाइमा सभामुख हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

के थियो ओली र लेखकविरुद्धको आरोप?

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

सम्बन्धित

के थियो ओली र लेखकविरुद्धको आरोप?

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ओली पक्राउ: सचिवालय बैठक आजै, महेश बस्नेतद्वारा देशव्यापी विरोधको घोषणा

ओली–लेखक पक्राउपछि देशभर राजनीतिक तरंग, एमाले सडकमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com