ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप लिग–२ मा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो


एबीसी न्यूज
जेष्ठ २२, २०८२ बिहीबार   ६ : ५७   बजे

काठमाडौं, २२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ को खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

स्कटल्यान्डको डुन्डीमा हिजो भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको हो । नेदरल्यान्ड्सले दिएको २ सय २६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका आरिफ शेखले सर्वाधिक ७८ रन बनाए । हिजोको खेलमा अर्धसतक बनाएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ रन जोडे । नेदरल्यान्ड्सका माइकल लेभिटले २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले २ सय २५ रन बनाएको थियो । स्कटल्यान्ड नोहा कोर्सले ४८ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले ३ तथा करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यसअघि अस्तिको खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले हराएको थियो ।

नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौं स्थानमा छ । नेदरल्यान्ड्स २१ खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा यथावत् छ । स्कटल्यान्ड १७ खेलमा २० अङ्कका साथ चौथो स्थानमा छ ।

नेपालले अब अर्को खेल यही जेठ २५ गते स्कटल्याण्ड र २७ गते फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ । आठ टोली सहभागी विश्वकप लिग–२ ओडीआई विश्वकप २०२७ को छनोट सिरिज हो ।

लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

सम्बन्धित

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group