ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा बाढीपहिरोका कारण ३० जनाको ज्यान गयो


abc news

काठमाडौ १९ जेठ । भारतमा दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर ३० जनाको ज्यान गएको छ ।

बाढीपहिरोका कारण असम राज्यका १५ जिल्लाका झन्डै एक लाख जना मानिस प्रभावित भएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

असमको ब्रम्हपुत्र लगायत १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ । नदी र तल्लो तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन मुख्यमन्त्री हिमन्त विश्व शर्माले आग्रह गर्नुभएको छ ।

अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् । अत्यधिक वर्षाका कारण सडक यातायात र रेल सेवा अवरुद्ध भएका छन् ।

यस्तै गएको शुक्रवारदेखि परेको पानीले सिक्किमका धेरै भाग जलमग्न हुँदा जनजीवन प्रभावित भएका छन् । उत्तर सिक्किमका लाचेन र लाचुङमा सडक बिग्रिएर एक हजार ५ सयभन्दा धेरै पर्यटक फसेका छन् ।

राजमार्ग नै बाढीपहिरोले क्षतिग्रस्त बनाएका कारण उनीहरूको उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले गर्दा टिस्टा नदीमा पनि जल सतह बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com