काठमाडौ १८ जेठ । नेकपा माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कुनै हैसियत नभएको बताएका छन्।
आइतबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई गणतन्त्र बचाउने इच्छाशक्ति नरहेको समेत आरोप लगाए। आफूहरुले गफ नगरी एक लाख मान्छे उतारेको तर नेकपा एमालेले काठमाडौँ कब्जाको गफ दिएर लाजमर्दो अवस्था देखाएको प्रचण्डको जिकिर छ।
‘यो सरकारको त केही हैसियतै छैन, यसको इक्षाशक्ति पनि छैन,’ उनले भने, ‘गफ हाँक्ने बाहेक केही छैन। उनीहरुले गफ गरे। हामीले गफै नगरी एक लाख मान्छे उतारेर देखायौँ। यिनीहरुले गफ गरे काठमाडौँ कब्जा, लाजैमर्नु। गफ गरे काठमाडौँ कब्जाको। तर देश दुनियाँमा यति बेइज्जत भयो एमाले भन्ने पार्टीको। यस्ता छन्, यिनीहरुलाई केही मतलवको कुरा छैन। यो जिम्मेवारी लिने हामीले नै हो।’








प्रतिक्रिया दिनुहोस्