काठमाडौ १८ जेठ । गणतन्त्रको विरोधमा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जना राजावादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा थापा, शिला राना, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना छन्।
राजावादीको भिडलाई उक्साएको आरोपमा थापासहितलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
पक्राउ परेका ६ जनालाई अहिले परिसरको हिरासत कक्षमा राखिएको छ।
जेठ १५ गते गणतन्त्र दिवसकै दिनदेखि राजावादी दल र संगठनहरू गणतन्त्रको विरुद्धमा आन्दोलनमा उत्रिएका छन्।








प्रतिक्रिया दिनुहोस्