ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहुघाट जलविद्युत् निर्माण अन्तिम चरणमा


abc news

काठमाडौ १८ जेठ । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतीय राजदूत र अन्य उच्चपदस्थ अधिकारीले आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

यो आयोजनाको कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ बराबर छ । आयोजनामा एक्जिम बैंक अफ इन्डियाको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी रहेको छ । बाँकी रकम नेपाल सरकार तथा प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ ।

आयोजना आगामी पुस महिनामा सक्ने लक्ष्य छ । आयोजना निर्माण कार्यलाई सिभिल तथा हाइड्रो–मेकानिकल कार्य र इलेक्ट्रो–मेकानिकल कार्य गरी दुई लटमा विभाजन गरिएको छ ।

आयोजनाको लट–१ सिभिल तथा हाईड्रोमेकानिकल काम जयप्रकाश एशोसिएट लिमिटेड इण्डियाले ठेक्का लिएको छ । सिभिल कार्य अन्तर्गत बाँध, इन्टेक, डिस्यान्डर, टनेल, सर्ज साफ्ट, प्रेसर साफ्ट, विद्युत्गृह लगायत काम समावेश छन् । हालसम्म सिभिल कार्य अन्तर्गत करिब ८१ प्रतिशत भौतिक प्रगति भएको छ ।

यस आयोजनाको लट–२ इलेक्ट्रोमेकानिकल कामको जिम्मा भारत हेलिइलेक्ट्रिकल लिमिटेडले लिएको छ । इलेक्ट्रोमेकानिकल लट अन्तर्गत टर्बाइन, जेनेरेटर, गभर्नर, ट्रान्सफर्मर लगायत उपकरण आपूर्ति तथा जडान कार्य भइइहेको छ ।

हालसम्म इलेक्ट्रोमेकनिकल कार्य अन्तर्गत निर्माण व्यवसायीको प्लान्टमा भएका विभिन्न यन्त्र उपकरण निर्माण तथा त्यसको सफल परीक्षण, निर्माण स्थलमा भइसकेको आपूर्ति प्रगति र जडान भइसकेको प्रगतिका आधारमा इलेक्ट्रोमेकानिकल कार्य प्रगति करिब ५० प्रतिशत रहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा लुप–इन, लुप–आउट प्रणालीबाट प्रसारण गरिने भएको छ । यसको काम सम्पन्न भइसकेको छ ।

आयोजना सम्पन्न भएपछि ऊर्जा आपूर्तिको समस्या समाधानमा महत्त्वपूर्ण योगदान पुग्नुका साथै स्थानीय स्रोत साधन सदुपयोग र राष्ट्रिय आर्थिक सामाजिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको प्राधिकरणले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com