काठमाडौ १८ जेठ । सार्वजनिक यातायात व्यवसायीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली जारी गरेपछि देशव्यापी आन्दोलन घोषणा गरेका व्यवसायीहरुले आइतबार दिउँसो माइतीघर–बानेश्वर सडकखण्डमा प्रदर्शन गरेका हुन् ।
दुईपांग्रे र चारपांग्रे निजी सवारी साधनलाई पनि सार्वजनिक यातायात सरह यात्रु ओसार्न दिँदा आफूहरुको लगानी संकटमा परेको भन्दै शुक्रबार गण्डकीमा सार्वजनिक यातायात ठप्प पारेका व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका हुन् ।












प्रतिक्रिया दिनुहोस्