ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन – यात्रा गर्दा चनाखो रहन आग्रह


abc news

काठमाडौ १८ जेठ । कोशी लोकमार्गको धरान–धनकुटा सडक खण्ड एकतर्फी सञ्चालन भएको छ । कोशी लोकमार्गको साँगुरीगढी गाउँपालिका–६ फेदीमा लेउती खोलामा आएको बाढीले हिजो बिहानदेखि अवरुद्ध धरान–धनकुटा सडक खण्ड मर्मतपछि बेलुकादेखि एकतर्फी खुलेको हो ।

कोशी लोकमार्गको झन्डै एक सय मिटर सडक कटान भएको थियो । सडक भत्केपछि दुईतर्फी नै अवरुद्ध भएको थियो ।

बाढीले बगाएको सडकमा अस्थायी डाइर्भसन बनाएर सडक एकतर्फी रुपमा खुलाएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिनुभयो ।

लेउती खोलाको धार फर्काएर अस्थायी डाइर्भसनबाट गाडी सञ्चालन गरिएको हुँदा यो सडकमा यात्रा गर्दा चनाखो रहन उहाँको आग्रह छ ।

सडक खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका छन् । सडक पूर्णरुपमा मर्मत गरी दुइतर्फी खुलाउन केही दिन लाग्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यसैबीच नारायणगढ–बुटवल सडक खण्डमा गाडी दुईतर्फी नै चलिरहेका छन् । हिजो केहीबेर ह्युम पाइप राख्ने क्रममा गाडी एकतर्फी सञ्चालनमा थिए । यो खण्डमा पानी पर्ने बित्तिकै बाटो चिप्लो भएर र डाइभर्सन भत्किएर समस्या हुँदै आएको छ ।

सडक जोखिमपूर्ण भएपनि आज गाडी नियमित सञ्चालमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पश्चिम० का सूचना अधिकारी डीएसपी विरदत्त पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com