ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेवातालको सिमामा पिल्लर गाड्न सुरु, स्थानीयको विरोध


abc news

काठमाडौ १७ जेठ । फेवा तालको सिमामा पिल्लर गाड्न सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पिल्लर गाड्ने कामको शुभारम्भ गरेका हुन् ।

तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समितिले फेवा तालको नयाँ सीमासहितको क्षेत्रफल निकालेको थियो । उक्त समितिले फेवा ताल छुट्याउने गरी डिजिटल रुपमा एक हजार ५५ वटा पिल्लर गाडिएको थियो । सोहीअनुसार शनिवार देखी भौतिक रुपमा पिल्लर गाड्न थालिएको हो । पहिलो दिन १० वटा पिल्लर गाडिएको पोखरा महानगरपालिकाले जनाएको छ । त्यसपछि निरन्तर पिल्लर गाड्ने काम हुनेछ । पिल्लर गाड्न पुगेको मुख्यमन्त्री, मेयरविरुद्ध केही स्थानीय नाराबाजी गरेका थिए । उनीहरुले स्थानीयसँग सरसल्लाह नगरी पिल्लर गाडिएको भन्दै विरोध जनाएका हुन् ।

सर्वोच्च अदालतको परमादेश आएको २३ महिनापछि फेवा तालको नयाँ क्षेत्रफल कायम गरेको थियो । नयाँ विवरणअनुसार फेवा तालको क्षेत्रफल ६।३४३ वर्ग किलोमिटर अर्थात १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम रहेको छ । यसअघि पुण्य पौडेल संयोजकत्वको समितिले फेवा तालको क्षेत्रफल ५।७२६ वर्ग किमी ९११ हजार २५५ रोपनी० कायम गर्दै प्रतिवेदन निकालेको थियो । उक्त प्रतिवेदनभन्दा यसपालि फेवा तालको क्षेत्रफल १२ सय १३ रोपनीले वृद्धि भएको हो ।

सहजीकरण समितिले २०८० माघ ११ मा फेवा तालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न प्राविधिक उपसमितिसहित विभिन्न उपसमिति गठन गरेको थियो । उक्त उपसमितिले तालको सिमाना यकिन गर्नका लागि डिफेरेन्यिलय ग्लोबल पोजसिनिङ सिस्टम र ड्रोन सर्वेमार्फत डिटेल सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणको क्रममा २९ वटा मुख्य विन्दुहरुमा ४० सेमी उचाइका पिल्लर जमिनमुनि गाडिएको र यसका आधारमा ९ हजार नियन्त्रण विन्दु कायम गरिएको थियो ।

सर्वोच्च अदालतले २०८० असार ४ गते फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना हटाउन नेपाल सरकार, प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा उत्प्रेषणयुक्त परमादेश जारी गरेको थियो । उक्त परमादेशको पूर्णपाठ त्यसको ३ महिनापछि अर्थात असोज ९ गते सार्वजनिक भएको हो ।

उक्त पूर्ण पाठमा वर्षायामको उच्चतम पानीको बिन्दुदेखि ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर सबै अस्थायी र स्थायी संरचना हटाउन परमादेश जारी गरेको थियो । यस्तै उक्त आदेशमा २०३१ पछि दर्ता भएका फेवा तालका जग्गामा मुआब्जासमेत दिन नपर्ने उल्लेख गर्‍यो ।

तर, त्यसको २० महिनापछि मात्रै बल्ल सिमाङ्कनको काम सकिएको छ । २०८० मङ्सिर १३ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा तालको मापदण्ड कार्यान्वयन गर्न गठित सहजीकरण समिति गठन गरिएको थियो । उक्त समितिले हालसम्म सिमाङ्कनको काम सकेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com