ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्मचारीको विषयलाई जोडेर गृहमन्त्रीको राजीनामा माग्नु अनुचित – प्रधानमन्त्री ओली


abc news

काठमाडौ १७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित भएको बताउनुभएको छ । भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री लेखको राजीनामा र छानबिनको माग गर्दै आएका छन् ।

काठमाण्डौमा आज बिहान भएको ‘कान्तिपुर हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै पनि निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले राजीनामा र छानबिनको माग राखेर संसद अवरोध गर्न नहुने बताउनुभयो ।

प्रतिपक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्ने तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिने उहाँको भनाइ छ ।

प्रधानमन्त्री ओलीले रवि लामिछानेतर्फ लक्षित गर्दै तत्कालीन गृहमन्त्रीको राजीनामा मागेको अवस्थामा गृह मातहतको सीआईबीले छानबिन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘बच्चाहरूले झोला वा खेलौना हात्ती किनिदेउभन्दा किनिदिन सकिन्छ तर सक्कली हात्तीलाई नै झोलामा हालिदेउभन्दा सकिन्न, त्यस्तै अहिले विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामा सम्भव छैन ।’

बजेटको सन्दर्भमा प्रधानमन्त्री ओलीले आउँदो आर्थिक वर्षको बजेट यथार्थपरक र कार्यान्वयनमा सम्भव हुने हिसाबले आएको बताउनुभएको छ ।

पूर्वाधार विकासमा धेरै काम भएकाले सरकारले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com