काठमाडौं, १७ जेठ । वर्षा र अफिस समयमा पठाओ–इन्ड्राइभको मनोमानीः केटि मानिसलाई अनेक प्रश्न सोधेर हैरान गर्ने प्रवृत्ति
मोबाइल एप्लिकेसनको सहायताबाट यात्रु ओसारपोसार गर्ने पठाओ तथा इन्ड्राइभका राइडरले सेवाग्राहीसँग मनोमानी रूपमा रकम असुल्न थालेका छन् । पठाओ वा इन्ड्राइभका राइडरहरूले उपत्यकामा बिहानबेलुकीको अफिस टाइम, पानी परेको बेला र सार्वजनिक सवारी बन्द भएका दिनहरूमा मनपरी ढंगले दोब्बर तेब्बरसम्म पैसा असुल्न थालेको पाइएको छ । पठाओ–इन्ड्राइभ एप्लिकेसनमा आएका रिक्वेस्ट अस्वीकार गर्ने, अफलाइन बस्ने र ग्राहकलाई एप्लिकेसनमा देखाएको भन्दा करिब २र३ गुणा बढीसम्म रकम लिएर यात्रु ओसारपसार गर्ने गरेको सेवाग्राही अर्थात् पठाओ–इन्ड्राइभ प्रयोगकर्ताको गुनासो छ ।राइडरहरूले मनोमानी ढंगबाट राइड गर्न थालेसँगै दैनिकजसो हजारौँ सर्वसाधारण ठगिन थालेका छन् । सर्वसाधारणलाई सहजता प्रदान गर्न ल्याइएको पठाओ–इन्ड्राइभलाई मनोमानी गरेको भन्दै यात्रुहरूले सञ्चालक संस्थालाई गुनासो गर्दा पनि कुनै कडाइ नगर्दा सर्वसाधारण ठगिने र राइडरहरूले ठगी गर्ने क्रम बढेको यात्रुहरूको गुनासो छ । अफिस टाइम, पानी परेको दिन या बन्द घोषणा भएको दिनमा राइड शेयरिङ सेवा पठाओ र इन्ड्राइभले मनलाग्दी भाडा असुलिरहेको र दैनिक आफू ठगिनुपरेको सेवाग्राहीको गुनासो रहेको छ । एकातिर अनलाइन गरेर जाँदै पनि पैसा बढी लाग्ने त अर्कातिर अनलाइन राइड एसेप्ट नगर्ने अनि बार्गेनिङ गर्ने । अझ केहीले त टिप्सस्वरुप बढी पैसा मागेर पनि हैरानै पार्ने गरेको गुनासो पनि सेवाग्राहीले गरेका छन् । केही दिनअघि पठाओ गरेर नरेफाँट पुगेका रवीना बगाँईको पनि गुनासो पनि उस्तै छ । गाडीमा जाँदा जाम पर्ने र ढिलो हुने भएर पठाओ गरेकी उनले गन्तव्यमा पुग्दासम्म राइडरकै कारण दिक्क भएको बताए । ‘राइड सुरु गरेदेखि नै अनेक प्रश्न सोध्ने, जबकि उनीहरूलाई चासो पर्ने कुरै हुँदैन । घर कता ? बिहे भयो ? के गर्नुहुन्छ ? किन जान लाग्नुभएको रु कुन बेला फर्किनुहुन्छ ? जस्ता प्रश्न सोधेर हैरान बनायो,’ उनले भनिन्, ‘यति टाढा आएका छौँ, फर्किंदा टिप लाग्दैन । उठेको भन्दा अलिक बढी पैसा दिनुस् न है । फेरि पेट्रोल खर्च नै भ्याउँदैन भन्दै थप पैसा माग्छन् ।’ उनिहरु केटि मानिसलाई अनेक प्रश्न सोधेर हैरान गर्ने प्रवृत्ति बढ्दो छ । रातीको समयमा यस्ता सेवा प्रयोग गर्ने केटिरुलाई झनै अनेक प्रश्न समेत गरेर यौन प्रस्ताव सम्म राख्ने गरेको गुनासो आउने गरेको छ । काठमाडौं उपत्यका यतिसम्म व्यस्त भइसकेको छ कि अधिकांश मानिसलाई गाडीमा आवतजावत गर्न समयको अभाव छ । सोही कारण पनि राइड शेयररिङ सेवा (पठाओ, इन्ड्राइभ) लोकप्रिय छन् । हुन त नहोस् पनि किन ? एक कल फोनको भरमा घरको गेटमा पिक गर्न आइपुग्ने र ट्याक्सी, सार्वजनिक बसभन्दा छिट्टै गन्तव्यमा पुर्याइदिने । यतिको सुविधा पाएपछि कसलाई सहज नहोला ? तर, यसको नाजायज फाइदा भने यिनै सेवाका राइडरहरूले अचाक्ली लिइरहेका छन् । पछिल्लो समय पठाओ प्रयोगकर्ताका अनेकन गुनासोहरू एकदमै बढेको छ । अफलाइन राइडमा जाँदा कति सेवाग्राही लुटपाट, यौन हिंसाजस्ता घटनाको सिकारसमेत भएका छन् भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । हरेक ठाउँमा घुसखोरी र कमिसन चलेजस्तै अनलाइनबाटै भाडा तय हुने पठाओमा समेत अब बार्गेनिङ र दलाली घुस्न थालेको छ । अर्कातिर, अफिस टाइम, पानी परेको समय या सर्वसाधारणलाई अत्यावश्यक परेको बेला पठाओले एप्लिकेसनमै चर्को शुल्क देखाउने वा लिने गरेको गुनासो पनि उत्तिकै छ ।
प्रतिनिधी मूलक घटना हेरौ
केहि महिना अघिमात्र
‘राइड सेयरिङ’ प्लेटफर्मका सदस्यले गर्छन् यस्तो हर्कत, यौन प्रस्तावदेखि बलात्कारको उजुरीसम्म
२०८१ माघ माघ २ गते एन्जिला खनाल मुग्लिङबाट काठमाडौं आउँदै थिइन्। मुग्लिङमा सवारी साधन बिग्रिएपछि उनले राइड सेयरिङ प्लेटफर्मको इन्ड्राइभ प्रयोग गर्ने निधो गरिन्। बहिनीसहित आएकी उनले इन्ड्राइभको सिटी टु सिटी सेवा प्रयोग गर्ने निधो गरिन्।
एन्जिला खनाल नाम गरेकी एक युवतीले आफूमाथि अमर्यादित प्रस्ताव गरिएको भन्दै न्यायको माग गरेकी छिन्। मुग्लिनबाट काठमाडौँ आउन बुक गरिएको उक्त प्लेटफर्मको चालकले एक घण्टा बसौँ न ल बरु पैसा लिन्न भन्दै अनुचित प्रस्ताव गरेको खनालको खुलासा रहेको छ।
सामाजिक सञ्जाल टिकटकमार्फत एक भिडिओ सन्देश प्रेशित गर्दै खनालले आफूले सो घटनापछि तत्काल इन्ड्राइभबाट सुरक्षाको प्रत्याभूति नपाएको भनेकी छिन्। उनले तिनकुने प्रहरीमा उक्त विषयमा उजुरी समेत दिएकी छन्।
यस्तो थियो उजुरी

टिकटकमा अपलोड गरिएको १० मिनेट लामो भिडिओमा उनले आफूले इन्ड्राइभ चालकबाट भोगेको दुव्र्यवहार खुलासा गरेकी हुन्। अहिले इन्ड्राइभले नेपालका सेलिब्रेटिहरु प्रयोग गरि प्रमोसन गरिरहेको छ। त्यसैले उनले १२ वर्षको बच्चा पनि साथमा भएकाले इन्ड्राइभ नै उपयुक्त विकल्प लाग्यो’ उनले भनिन् ‘आपत् पर्दा सबैभन्दा पहिला इन्ड्राइभ नै सम्झिएकी थिएँ। यसको प्रचारबाजी नेपालका चलेका सेलिब्रिटीले नै गरिरहेका छन्।
उनको रिक्वेस्ट गरेपछि राइडरले स्वीकार गरेर उनलाई इन्ड्राइभकै सिस्टमबाट फोन गरे। यो सिस्टममा राइडरको नाम फोन नम्बर आउँदैन तर राइडरको कल आउँछ। उनले चालकलाई पर्खीरहेकी थिइन्।
लगत्तै चालकले ह्वाट्एसपमा म्यासेज गरे। जब म्यासेज देखिन् अनि खनाल झस्किइन्। राइडरले उनको रिक्वेस्ट एसेप्ट गरेपछि हेल्लो, भर्खर कुरा भएको थियो नि हजुर हो भन्दै प्रश्न गर्छन्। त्यसपछि कल गर्छन्। फोनमा २ मिनेट जति उनीहरुको भाडाको विषयमा बहस भएको यात्रु बताउँछीन्। चाकलले भन्छन्,‘म एउटा कुरा सोधम नरिसाउनुस ल ? बाटोमा एक घण्टा बसम न ल, बरु पैसा लिदिन हुन्छ ?’ भन्दै म्यासेज गर्छन् ।
यात्रुले यति भन्दा पनि ति चालकको अझै होस खुल्दैन बरु उनले ‘मन मिल्यो भने’ भन्दै म्यासेज गर्छन्। त्यसपछि यात्रुले ‘तपाईले सोचेको जस्तो मान्छे होइन म’ भन्दै ब्लक गर्छिन्। यसरी समस्यामा परेकी र गलत नियतको शिकार बनेकी खनाल मात्र पात्र होइनन्।
राइड सेयरिङ प्लेटफर्मको रुपमा दाबी गर्दै आएको टुटलका चालकले एक सेवाग्राही युवतीलाई यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो।
कपनबाट ललितपुरको भैसेपाटी एरिया जाने समयमा लिएको टुटल सेवामा आबद्ध मोटरसाइकल चालक वीरेन्द्र शर्माले सेवाग्राही युवतीलाई यौन दूव्र्यवहार गरेको आरोप लागेको थियो। मोबाइलमार्फत टुटलको एपमार्फत सेवा माग गरेकी ती युवतीले स७प ७३५५ नम्बरको मोटरसाईकलका चालक शर्माले ‘सेक्स प्रस्ताव’ राखेको आरोप लगाएकी थिइन्। यस्तै राइडिङ सेवा एप्स पठाओ प्रयोग गरेर सेवा दिने एक महिला सेवाग्राहीबाटै बलात्कृत भएको भन्दै उजुरी लिएर प्रहरीमा गएकी थिइन्। तर, घटना भने युवतीले युवालाई स्कुटीमा घर पुराउने क्रममा भएको होइन।
प्रेम सम्बन्ध भएर धोका खाएपछि ती युवती बलात्कारको उजुरी लिएर प्रहरीकहाँ पुगेकी थिइन्। पठाओ चढ्ने युवा नुवाकोटका थिए, उनी काठमाडौं मनमैजु डेरा गरी बस्थे। ती युवाले काठमाडौं प्रहरी परिसर टेकुबाट कोठामा जाने क्रममा पठाओ एप्सबाट राइडर बोलाए। सो क्रममा युवती राइडर आइपुगिन्। घर जाने क्रममा दुवैको कुराकानीको क्रममा चिनापरिचय पनि भयो। दुवैजना सोसल मिडिया फेसबुक म्यासेन्जरमा जोडिए। अर्को दिनदेखि दुवैजना लगातार भेट्न थाले।ती पुरुषले आफू क्यानडा जाने तयारीमा रहेको बताएका थिए। पठाओ चालक युवती पनि विदेश जान भन्दै काठमाडौं आएकी थिइन्। तर, विदेश जाने प्रोसेस ढिलो हुने भएपछि स्कुटर लिएर पठाओ चलाउन थालेकी थिइन् ।युवाले पठाओ चालक युवतीलाई आफूसँगै क्यानडा लैजाने बताए। युवतीलाई प्रेम प्रस्ताव राखे। युवती राजी भइन्। युवाले शारीरिक सम्बन्धको प्रस्ताव राखे।
तर युवतीले बिहे अगाडि नहुने अडान लिइन्। पठाओ चालक युवतीले नमानेपछि युवाले गृहजिल्ला नुवाकोट लगेर ‘कोर्ट म्यारिज’ गर्ने आश्वासन दिए।
त्यति भन्दा पनि युवती राजी भइनन्। युवाले जुक्ति निकाले ‘क्यानडा नलैजाने’ बहना बनाउने। युवाले भने, ‘त्यसो भए म तिमीलाई क्यानडा लैजान्न।’ त्यसपछि युवती बिहेअघि नै शारीरिक सम्बन्धको लागि तयार भइन्।
शारीरिक सम्बन्धपछि युवा टाढिए। उनले क्यानडा लैजाने मिति नजिकियो, तर वास्ता गरेनन्। न त ती युवा क्यानडा गए, न युवतीलाई लगे। त्यसपछि पठाओ चालक युवती प्रहरीमा गएकी हुन्।
युवतीले भने अरू पनि आरोप लगाएकी छिन् । आफ्नो ‘नग्न फोटो र भिडिओ बनाएर ब्ल्याकमेलिङ गर्दै पटकपटक सम्बन्ध राखेको’ युवतीको आरोप थियो।
केही पैसा समेत लिएको उनको आरोप थियो । पैसा फिर्ता दिन्छु भनी बोलाएर आफ्नै डेरामा शारीरिक सम्बन्ध पनि राखेको उनले बताएकी थिइन्।
जाहेरीपछि युवा पक्राउ परेका छन्। उनले बयानमा आफूहरू प्रेममा रहेको र अहिले छुटेको दाबी गरेका छन्। प्रेममा रहँदा आफूले क्यानडा जान आईईएलटीस गरिरहेको बताएको पनि स्विकारेका थिए । युवतीलाई डिपेन्डेन्टमा लैजान प्रस्ताव गरेको पनि बयान दिएका छन्। त्यसपछि आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमै शारीरिक सम्पर्क पनि भएको युवाले बताएका थिए। पछिल्लो पटक राइड सेयर गरिने तीन वटै माध्यममा पनि यस्ता अपराधका श्रृङ्खला विस्तारै बढ्न थालेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार यस्ता राइड सेयरिङमार्फत हुने प्रकारान्तरका अपराधका घटनाबारे जानकारी आउन थालेका छन्।उच्च अधिकारी भन्छन्,‘नियमन र नियन्त्रणको कुरा एकातिर भए पनि सुरक्षाको विषयमा ग्राहक पनि चनाखो हुन आवश्यक छ।’








प्रतिक्रिया दिनुहोस्