नवलपुर १३ जेठ । नवलपुरका मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दुर्घटनामा परी मध्यविन्दु–७ चोरमारा बस्ने २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको घटनास्थलमै मृत्यु भएको हो।
लु ९ प ८११६ नम्बरको मोटरसाइकल अम्रसाबाट चोरमारा तर्फ आउँदै गर्दा बाटो चिप्लो भएको कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५ घर भई चोरमारा क्षेत्रमै टायल–मार्बल मिस्त्रीको रूपमा कार्यरत २८ वर्षीय मनिष घर्ती मगर गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यलयका सुचना अधिकारी मधुसूदन नेपालले बताए ।








प्रतिक्रिया दिनुहोस्