ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा छौँ : पूर्व प्रम प्रचण्ड


एबीसी न्यूज
जेष्ठ १०, २०८२ शनिबार  ५ : २५ बजे

पोखरा १० जेठ । नेकपा माओवादी केन्द्रका तथा पूर्व प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको आधार तयार पार्ने प्रक्रियामा आफुहरु रहेको बताएका छन् । पुष्पलाल लोकमार्ग जनजागरण अभियानअन्तर्गत शनिबार कास्कीमा आयोजित जनसम्वाद कार्यक्रममा प्रचण्डले हुलाकी मार्ग र पुष्पलाल लोकमार्गमा माओवादीले चलाएको अभियान कार्यनीतिक कुरामात्रै नभएर समाजवादी क्रान्तिको आधार तयार पार्नका लागि चालिएको भिजन भएको बताए ।

उनले नयाँ क्रान्तिको माध्यमबाट मुलुकमा राजनीतिक स्थायीत्व र भ्रष्टाचारको अन्त्य गर्दै आर्थिक समृद्धि कायम गर्ने मुख्य जिम्मेवारी माओवादीको भएको जिकिर गरे । प्रचण्डले अहिले मुलुक माओवादीमय हुँदै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा माओवादी पहिलो पार्टी हुने दावी गरे । माओवादी पहिलो पार्टी भए समाजवादको आधार निर्माण हुने उनको भनाइ छ ।

प्रचण्डले माओवादीले पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय व्यवस्था हुनुपर्छ भन्ने आएकाले अब जनताको सहमतिमा संविधान संशोधन गरी उक्त व्यवस्था ल्याउनुपर्ने बताए ।
जेठ २ देखि मध्यपहाडी लोकमार्गको पश्चिम विन्दु वैतडीको पाटनबाट शुरु भएको प्रचण्डको लोकमार्ग केन्द्रित पहिलो चरणको कार्यक्रम आजै समापन भएको प्रचण्डको सचिवालयले जनाएको छ ।


यस क्रममा बैतडी, डडेलधुरा, डोटी, अछाम, दैलेख, जाजरकोट पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा बागलुंग पर्वत हुँदै कास्की जिल्लामा प्रचण्डले सभा, जनसम्वाद र भेटघाट सम्पन्न गरेका छन् । प्रचण्ड पोखराको कार्यक्रम सम्पन्न गरी आजै काठमाडौं फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com