काठमाडौ १० जेठ । पाल्पाको तिनाउ गाउँपालिका(३ स्थित तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका भारतीय किशोरको शव फेला परेको छ।
खोजीका क्रममा नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले १८ वर्षीय सोयव अन्सारीको शव भेट्टाएको हो।
अन्सारी यही जेठ ८ गतेदेखि नदीमा हराइरहेका थिए।
भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणका लागि आएका थिए।
उनको शव नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बुटलबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले जेठ ९ गते दिउँसो करिब पौने ३ बजे फेला पारेको हो।







प्रतिक्रिया दिनुहोस्