काठमाडौ ९ जेठ । जेठ १५ गते काठमाडौँमा राजावादीले फेरि प्रदर्शन गर्दैछन्। नवराज सुवेदी नेतृत्वको ुसंयुक्त जनआन्दोलन समितिुले जेठ १५ गतेदेखि ुजनआन्दोलनु सुरू गर्ने घोषणा गरेको छ।
यसै कार्यक्रमलक्षित नेपाल प्रहरीले काठमाडौँमा सुरक्षा व्यवस्था कडा बनाइएको जनाएको छ। प्रहरीले जनधनको क्षति हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको एसएसपी शेखर खनालले बताए।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा खनालले भने( ुहामी सुरक्षा योजना बनाएर अगाडि बढ्छौँ, जनधनको क्षति हुन दिँदैनौँ। त्यसदिन आवश्यक जनशक्ति व्यवस्थापन गरेका छौँ। थप जनशक्ति मगाएर पनि सुरक्षा व्यवस्थापन गर्छौँ।’







प्रतिक्रिया दिनुहोस्