ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद्को सामना गर्न मातहतका निकाय आवश्यक गृहकार्यमा, पूर्वतयारीमा जोड


abc news

काठमाडौ ७ जेठ । मनसुनसँगै निम्तनसक्ने जोखिम र त्यसको उचित व्यवस्थापनका लागि गृह मन्त्रालय र मातहतका निकायले गृहकार्य थालेका छन् ।

गृहमन्त्री रमेश लेखकले सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने बताउनुभएको छ । मातहतका निकायलाई पनि आवश्यक निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।

त्यस अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य योजना र त्यसको कार्यान्वयनका लागि छलफल तीव्र पारेको छ । प्राधिकरणले र्‍याफ्टिङ एशोसिएशन र पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रसँग छलफलसमेत गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले हिमाली क्षेत्रमा उद्धारका लागि र तराईरमधेशमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि छलफल गरेको बताउनुभयो ।

छलफलमा दुवै संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएका उहाँले जानकारी दिनुभयो । यस वर्षको मनसुनमा विगतभन्दा धेरै पानी पर्ने अनुमान अनुसार पूर्वतयारी महत्त्वपूर्ण रहेको कार्यकारी प्रमुख भट्टले बताउनुभयो ।

प्राधिकरणले हिजो गरेको छलफलमा गृहमन्त्रीसहित तीन वटै सुरक्षा निकायका विपद् हेर्ने अङ्गका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवम् विश्व खाद्य कार्यक्रमका प्रतिनिधिको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com