ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवादी क्रान्तिको तयारीमा छौं – अध्यक्ष प्रचण्ड


abc news
जेष्ठ ६, २०८२ मंगलबार  ८ : ३६ बजे

रुकुम पश्चिम, ६ जेठ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरु समाजवादी क्रान्तिको तयारीमा रहेको बताएका छन् । पार्टी जागरण अभियानअन्तर्गत मध्यपहाडी लोकमार्ग यात्रामा रहेका प्रचण्डले मंगलबार रुकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै तत्कालीन ‘जनयुद्ध’ताका पनि आफू यहीं भेगमा आएर जनताबाट क्रान्तिको अनुमोदन गरेको स्मरणसमेत गरे । आफूहरुले लडेर ल्याएको गणतन्त्रलाई कमजोर बनाउन विभिन्न खेल भइरहेको अध्यक्ष प्रचण्डको भनाइ थियो । ‘अब पहिलेजस्तो भूमिगत भएर र हतियार उठाएरभन्दा पनि सडक र सदनबाट समाजवादी क्रान्तिलाई सफल बनाउन लाग्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा रुकुम पश्चिमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र कुनै पनि प्रकारका विवाद कायम रहिरहन नहुने भन्दै आफू पार्टीको सिपाही भएको र सिपाहीकै रुपमा व्यवहार गर्न चेतावनीपूर्ण धारणा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले विभिन्न बेलामा पार्टीबाट धेरै नेता–कार्यकर्ताहरुले अनुशासनहीन काम गरेको तर आफूले अध्यक्षको हैसियदबाट कुनै पनि कारबाही नगरेको बताए । ‘मैले कसैप्रति कारबाहीको डन्डा चलाएको छैन । जो पार्टीबाट गए । उनीहरु आफ्नो मर्जीले गएका हुन् । हामीले कारबाही गरेर हैन,’ उनले भने ।साथै प्रचण्डले ‘जनयुद्ध’ताका आफू रुकुम, रोल्पाका विभिन्न गाउँबस्तीमा पुगेर पार्टी–संगठनका कामहरु गरेको प्रसंगलाई पनि उल्लेख गर्दै ती दिनहरुको सम्झना पनि गरे ।

‘जनयुद्धका बेला पार्टीभित्र निकै ठूला आन्तरिक विवाद र बहसहरु हुन्थे, त्यो बेला म रुकुम, रोल्पा र सल्यानका बस्तीमा आएर यहाँका जनतालाई भेट्थे अनि उनीहरुका कुरा सुनेर पार्टी दस्तावेज तयार गर्थे ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

सम्बन्धित

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

आयोगको ठहर : सामाजिक सञ्जाल बन्दको विरोधबाट सुरु भएको आन्दोलन डिस्कर्डमा हिंसा योजना बन्दै उग्र भयो

जेनजी आन्दोलन : आयोगको ठहर – सुरक्षा संयन्त्रको समन्वय अभाव र ढिलासुस्तीले ठूलो क्षति भयो (प्रतिवेदन पूर्णपाठ)

‘हामीले शान्तिपूर्ण प्रदर्शन गरेका थियौं, तर भीडलाई रोक्न सकेनौं’ आयोजक सुदन गुरुङको आयोगमा दिएको पूर्ण बयान

जेनजी आन्दोलन : गुप्तचर र सुरक्षा निकाय पूरै ‘अन्धो’ रहेको आयोगको ठहर(पूर्णपाठ)

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com