ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकतम खुद्रा मूल्य कडाइका साथ कार्यान्वयन गर्ने सरकारको तयारी


abc news
जेष्ठ ६, २०८२ मंगलबार  ४ : ४१ बजे

काठमाडौ ६ जेठ । सरकारले स्वदेशमा उत्पादित तथा आयात हुने उत्पादनहरूमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य ९एमआरपी० सहितको लेबल लगाउनुपर्ने कानूनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ ।

व्यापारीहरूले यस प्रावधानको विरोध गरिरहेका बेला वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले वस्तुको लेबल नराखी कारोबार गर्नेहरूलाई अनुगमन गरी थप कारबाही गर्ने सङ्केत गरेको हो ।

अधिकतम बिक्री मूल्यले बजार बिग्रिएको र जरीवानाले व्यवसायी हतोत्साहित भएको भन्दै व्यवसायीहरुले एमआरपी लागू नगराउन माग गर्दै आएका छन् । तर उनीहरूको माग उपभोक्ताको हित विपरीत भएको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडाइका साथ नियम लागू गर्ने बताएको छ ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले २०७५ सालमा आएको ऐन अहिलेसम्म कार्यान्वयनमा आउन नसक्नु दुःखद भएको भन्दै जसरी भए पनि एमआरपी कडाइका साथ लागू गर्नेगरी काम गरिरहेको बताउनुभयो । बजारलाई स्वस्थ बनाउन सरकार मात्रै नभई निजी क्षेत्रसमेत आफैँ लाग्नुपर्नेमा उहाँको जोड छ । अनावश्यक रूपमा विदेशी ब्रान्डहरू भित्रिरहँदा त्यसले निकट भविष्यमै बजारलाई ठूलो समस्यामा पार्नसक्ने जोखिम रहेको महानिर्देशक दाहालको भनाइ छ ।

काठमाण्डौमा आज भएको एक कार्यक्रममा उहाँले वस्तुहरूको अनुगमनमा जाँदा अहिले व्यापारी, आयातकर्ताहरूले घेराबन्दीसमेत गर्ने गरेको तर आफू नडराउने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सम्बन्धित

बालुवाटारमा सुशीला कार्कीसँग आलीको खुसामद के हो ?

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको दाबी गर्दै भिडियो बनाएका व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com