काठमाडौ ५ जेठ । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ तिलगाउँमा सुक्खा पहिरोका कारण जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरीले जनाएको छ ।
आवश्यक विपद् उद्धार सामाग्री तथा बन्दोबस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट हिल्साबाट परिचालित सुरक्षा फौजको समन्वयमा उनीहरूलाई सुरक्षित ठाउँमा सारेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो आएर स्थानीयवासीको घरमा क्षति पुर्याएको छ । पहिरो जानुका कारण थाहा नभए पनि पहिरोसँगै पानीको लेदोसमेत रहेकोले तिलगाउँ भन्दामाथि हिमताल फुटेको आशङ्का छ । तर आशङ्का गरिएको ठाउँमा हिमताल रहेरनरहेकै यकिन भएको छैन ।







प्रतिक्रिया दिनुहोस्