काठमाडौ ५ जेठ । हुम्लाका सांसद छिरिङ डम्डुल लामा भोटेले गत जेठ १ गते जिल्लाको तिलगाउँमा हिमताल फुट्दा व्यापक क्षति भएको जानकारी संसद्लाई गराएका छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले ताल फुटेर ५ वटा काठे पुल र सिँचाइ प्रणालीमा क्षति पुर्याएको बताए।
‘हिमालपारीको जिल्ला भनेर चिनिने हुम्लाको तिला गाउँमा यही जेठ १ गते हिमताल फुटेर गाउँ पुरै तहसनहस बनाएको छ,’ लामाले भने, ‘करिब ४ हजार ७ मिटर उचाइँको ताल फुटेर त्यहाँको जनधनको क्षति पुगेको छ।’
उनले थपे, ‘काठको पुल ५ वटा बगाएको छ। चार, पाँच सय रोपनीमा लाग्ने सिँचाइ कुलो क्षति पुगेको छ। १५ किलोवाटको विद्युत पनि क्षति पारेको छ। १८ घरपरिवारको ३२ जना हाल नजिककै त्रिपाल लगाएर बसेको छन्। २१ जना महिना, ९ जना पुरुष र २ जना बालक छन्। उनीहरु निकै अप्ठ्यारो र त्रसित अवस्थामा बसेका छन्।’
उनले विपाद् रोकथामका लागि पहल गर्न समेत सरकारको ध्यानाकर्षण गराए। लामाले भने, ‘यो विपद्को घडीमा तत्काल रोकथाम गर्नका लागि निरीक्षण, संरक्षण र राहतका लागि तत्काल पहल गर्न आग्रह गर्दछु।’
लामाले सिंगो हिमाली क्षेत्रको हिमतालहरू खतरानकअवस्थामा पुगेको समेत जानकारी गराए।







प्रतिक्रिया दिनुहोस्