काठमाडौ ४ जेठ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनजागरण अभियान अन्तर्गत दैलेख सदरमुकाममा रहनुभएका अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा राज्य पक्षबाट सहादत प्राप्त गर्नु भएका सहिद कविराज शर्माको घर पुगेर उहाँकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग भेटघाट गर्नुभयो।
आमा पवित्रा शर्माले जनयुद्धमा श्रीमानसंगै आफ्नो छोरा नारायण शर्मा र छोरी सिता शर्मा सफलतालाई गुमाउनु परेको पीडा र त्यसपछिका आरोह अवरोहका अनुभव अध्यक्षसंग साट्नुभयो। उहाँका अर्का ज्वाइँ लक्ष्मी अधिकारी अझै पनि बेपत्ता अवस्थामा हुनुहुन्छ।
हाल आमा पवित्रा शर्मा छोरी हरिमाया शर्मासँग दैलेखको नारायण नगरपालिका–७ मा बसोबास गर्नुहुन्छ।
जनयुद्धमा परिवारका सदस्यहरूको अमूल्य बलिदान र क्रान्तिका लागि गरेको त्याग सम्झँदा अध्यक्ष प्रचण्ड भावुक बन्नुभयो। उहाँले सहिद र बेपत्ता योद्धाको त्याग र बलिदानको जगमा प्राप्त उपलब्धिमा टेकेर समाजबाद निर्माणको बाटोमा अघि बढनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्