ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादीसँगको संवाद संयोग हो, गठबन्धन हुँदैन- कांग्रेस


abc news
जेष्ठ ३, २०८२ शनिबार   ७ : ०४   बजे

काठमाडौ ३ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँगको गठबन्धन हुने कुनै सम्भावना नरहेको प्रष्ट पारेको छ ।

शनिबार दिउँसो नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धनको कुनै सम्भावना नभएको बताएका हुन् ।

‘माओवादीसँग गठबन्धन गरेर जाने भन्ने छैन । सरकार परिवर्तनको कुरौ सोच र योजना छैन,’ उनले भने । गभर्नर, बजेट लगायतका विषयमा सांसदहरूले चासो राखेको उनले बताए ।

‘गभर्नरको विषय पनि उठ्यो । बजेट कसरी वितरण हुन्छ । सबैलाई समान ढंगले वितरण गर्नुपर्‍यो भन्ने कुरा पनि अयो । सन्तुलित विकास हेरेर बजेट बन्नुपर्‍यो भन्ने आयो,’ उनले भने ।

त्यस्तै, संसद् भवन परिसरमै पार्टी प्रवक्ता समेत रहेका सांसद प्रकाशशरण महतलाई सञ्चारकर्मीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको टेलिफोन संवादबारे सञ्चारकर्मीले प्रश्न गरेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘संयोग मात्रै हो । शेरबहादुरजीकै जिल्लामा गएको बेलामा गरौं भन्ने लागेको मात्रै होला । पहिला ओलीजीले गर्नुभएको थियो मलाई पनि गरौं भन्ने लागेको होला ।’

उनले उपमहासचिव जनार्दन शर्मा र सभापति देउवाबीच भएको भेटवार्तापनि संयोग भएको बताए ।

‘जनार्दनसँग भेट्नुमा कुनै नाता जोडिएको छैन,’ उनले भने ।

उनका अनुसार, आजको बैठकमा गभर्नर नियुक्ति, बजेट वितरण, सन्तुलित विकास, कांग्रेसको सरकारमा पोजिसन लगायतका विविध विषयमा छलफल भएको थियो ।

उनले आफ्नो दलका कुराहरू यथेष्ठ सुनिएनन् भनेर सांसदहरूले उठाएका विषयहरू स्वभाविक रहेको पनि बताए ।

‘हाम्रा कुराहरू यथेष्ट सुनिएन कि भन्नु स्वभाविक हो,’ महतले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

विश्वकप २०२६ : अन्तिम क्षणसम्म संघर्ष, इरान र न्युजिल्यान्डबीच २–२ को रोमाञ्चक बराबरी

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

विश्वकप २०२६ : अन्डरडगको उदय, दाबेदारहरूको संघर्ष र समूह चरणमा बढ्दो रोमाञ्च

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group