ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जलवायु परिवर्तनले हाम्रा हिमालले असाधारण तनाव भोगिरहेका छन् – परराष्ट्रमन्त्री राणा


abc news
जेष्ठ २, २०८२ शुक्रबार  ११ : ५४ बजे

काठमाडौ २ जेठ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरुले असाधारण तनावको सामना गरिरहेको बताएकी छन् ।

काठमाडौंमा शुक्रबारदेखि सुरु सगरमाथा संवादको उद्घाटन सत्रमा बौल्दै उनले भनिन्, ‘हाम्रा हिमनदीहरू जो स्वस्थ ग्रहका मौन प्रतीकहरू हुन्, तीव्र गतिमा पग्लिरहेका छन् । सहस्राब्दीयौंपछि बनेका संरचनाहरू आज हाम्रो आँखामै मौन रूपमा हराउँदै छन् ।’

जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको समेत उनले बताइन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ, हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’, उनले भनिन्, ‘बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पुर्‍याएको छ ।’

उनले नेपालका लागि हिमालय सांस्कृतिक सम्पदा मात्र नभइ राष्ट्रिय गौरव र पहिचानको मेरुदण्ड भएको भन्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य हुनुपर्ने बताएकी छन् । ‘हामीले हाम्रा पूर्वजहरूबाट पूर्ण र स्वस्थ ग्रहको उत्तराधिकार पाएका थियौं, अब हाम्रो दायित्व छ कि भविष्यका सन्ततिहरूलाई पनि यो ग्रह हरियाली, सुन्दरता र मजबुतीका साथ हस्तान्तरण गर्नुपर्छ’, उनले भनिन् ।

नेपालले पेरिस सम्झौताअनुसार, कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको समेत बताइन् ।

‘नेपालले अगुवाइ गरेका सामुदायिक वन कार्यक्रमले वन क्षेत्र वृद्धि मात्र होइन, संरक्षणको उत्कृष्ट नमुना विश्वभर प्रस्तुत गरेको छ’, उनले भनिन्, ‘तर, विश्वव्यापी तापमान वृद्धिका प्रभावहरू हाम्रो क्षमताभन्दा बढी छन् । हामी पर्याप्त र पूर्वानुमानित जलवायु वित्तीय स्रोतहरूको आह्वान गर्छौं, ताकि राष्ट्रिय र स्थानीय अनुकूलन योजना कार्यान्वयन गर्न सकियोस् ।’

जलवायु परिवर्तन वैश्विक संकट भएको भन्दै उनले यसका लागि न्यायपूर्ण वैश्विक गठबन्धनको आवश्यकता रहेको समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी तालमेलका लागि एमालेको अपिलभित्र के पाक्दैछ ?

रास्वपाले चुनाव जित्नेमा ढुक्क नभएपछि सरकारको मिलमेतोमा चुनाव सार्ने प्रपन्च, ओलीको ‘तीर’ कता ?

सम्बन्धित

निर्वाचन २८ दिन बाँकीः निर्वाचन खर्च अनिवार्य बैङ्क खाताबाट गर्ने कार्यविधि जारी

काठमाडौँको चुनावी नक्सा : शक्ति–सन्तुलन, मतदाता मनोविज्ञान र सम्भावित उलटफेरको कठोर विश्लेषण

अभियोग, आरोप र चुनावः जाँचबुझ आयोगको प्रतिवेदन ओलीका लागि किन निर्णायक ?

हिउँ पर्छ भन्दै दुई चरणमा निर्वाचन नगरियोस् – अध्यक्ष ओली

अमेरिका र इरानबीच भोलि ओमानमा वार्ता गर्ने सहमति

हिमाली भूभागमा बादल, तराईमा कुहिरो र हुस्सु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com