ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको परमादेश


abc news

काठमाडौ २८ बैशाख । सर्वोच्च अदालतले डेढ महिनाभित्रमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्न परमादेश दिएको छ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले दायर गरेको रिटमा आइतबार न्यायाधीश कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले आजका मितिबाट बढिमा ७ दिन त्रित्रमा सिफारिस समिति गठन गरी बढीमा एक महिना १५ दिन भित्रमा प्राधिकरण गठन गर्नू भनि परमादेश जारी गरिदिएको हो।

समस्याग्रस्त सहकारी संस्थाको बचत रकम फिर्ता गर्ने सम्बन्धमा पनि व्यवस्थापन समितिबाट सहकारी संस्थाको सम्पत्ति वा ऋण प्रदान गर्दा लिएको धितो सुरक्षण बिक्रि गरी वचतकर्ताको बचत रकम फिर्ता गर्ने सम्बन्धमा तत्काल आवश्यक व्यवस्था मिलाउन सर्वोच्चको आदेश छ।

चार बुँदे निर्देशनमा भनिएको छ, ‘सहकारी ऐन, २०७४ को दफा १०३ ज बमोजिम बचतकर्ताको सर्वोत्तम हितलाई ध्यानमा राखि राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई प्राप्त काम, कर्तव्य, अधिकारको प्रभावकारी कार्यान्वयनका लागि तत्काल व्यवस्था मिलाउनू।’

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१ ले औँल्याएका समग्र सुझावहरुको तीब्रताका साथ कार्यन्वयन गर्न पनि सर्वोच्चले भनेको छ।
सहकारी समस्या समाधानका लागि नीतिगत तथा कानूनी सुधार भएको देखिए पनि कानूनले मार्गदर्शन गरेका संस्थागत प्रबन्ध हुन नसकेको र कानुन कार्यान्वयनमा समेत तदारुकता नदेखिएको सर्वोच्चको ठहर छ।

लामो समयदेखि राष्ट्रिय समस्याको रुपमा देखिइरहेको सहकारीको समस्या समाधान गर्न २०८१ चैत १८ मा सहकारी ऐनमा भएको संशोधनले सहकारी ऐनमा दफा १०३ क थप गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गर्ने र उक्त प्राधिकरणबाट बचत तथा ऋण सहकारी संस्थाको नियमन सुपरीवेक्षण हुने व्यवस्था भएकोमा हालसम्म पनि प्राधिकरण गठन हुन सकेको छैन।

सहकारी समस्या समाधानका लागि प्रभावकारी रुपमा प्रक्रिया प्रारम्भ गर्न ऐन जारी भइसक्दा पनि सो बमोजिमको शक्तिशाली निकाय प्राधिकरण गठनमा भइरहेको अस्वभाविक ढिलाइले सहकारीको समस्या थप जटिल बँदै गएको सर्वोच्चको ठहर छ।

प्राधिकरण गठन गर्न प्राधिकरणका अध्यक्ष र सदस्य नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी नेपाल सरकारलाई सिफारिस गर्न सिफारिस समिति गठन गर्नु पर्नेमा अहिलेसम्म समिति समेत गठन भएको नदेखिएको सर्वोच्चको आदेशमा उल्लेख छ।

‘उपरोक्त विवेचित कानूनी प्रबन्ध समेतलाई मनन गर्दा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको गठन सहकारी क्षेत्रका समस्याको पहिचान र सम्बोधनका लागि अपरिहार्य भइसकेको छ। राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरी विद्यमान समस्याको सम्बोधनतर्फ सार्थक पहल वाञ्छनीय देखिन्छ। यस स्थितिमा माथि औँल्याइएका विषयहरु समेत सम्बोधन हुने गरी देहाय बमोजिमको कार्य तत्काल गर्न गराउन विपक्षीहरुका नाममा परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com