ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वदेशमा उत्पादित औषधि प्रयोग गर्नुपर्नेमा जोड


admin

काठमाडौँ, ९ चैत । चिकित्सकहरुले स्वदेशमा उत्पादित औषधिलाई प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । 


हाम्रो डक्टर अनलाइन तथा मासिक पत्रिकाको दोस्रो वार्षिकोत्सवका अवसरमा आज साँझ यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बताउनुभयो । “अस्तव्यस्त भएको स्वास्थ्य क्षेत्रलाई सुधार्नु मेरो पहिलो प्राथमिकता हुनेछ,”– उहाँले भन्नुभयो ।

राज्यमन्त्री अर्यालले हरेक क्षेत्रको समृद्धिले मात्र मुलुकको समृद्धि हुने हुँदा स्वास्थ्य क्षेत्रलाई समेत समृद्ध बनाउनुपर्ने बताउनुभयो ।

सांसद अन्जना विसंखीले प्रविधिको प्रयोगसँगै चिकित्सकको भूमिकामा सहजता आएको भन्दै उचित प्रविधिको प्रयोग गरी बिरामीलाई निको पार्न डाक्टरले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा उत्पादित औषधिलाई प्रयोग गरेमात्र मुलुक समृद्ध हुने बताउनुभयो ।

हाम्रो डक्टर अनलाइनका प्रधानसम्पादक उद्धवराज भेटवालले प्रविधिको विकाससँगै हाम्रो डक्टर अनलाइन तथा पत्रिकालाई अगाडि बढाउँदै गएको बताउनुभयो । दुई वर्ष पहिले मल्टिमिडियाको रुपमा समाचार, सूचना तथा सहजीकरण सेवा प्रवाह गर्दै आएको ‘हाम्रो डक्टर’ अनलाइनमा २० हजारभन्दा बढी चिकित्सकको व्यक्तिगत विवरण र ३०० भन्दा बढी अस्पतालको विवरण उपलब्ध गरिएको हाम्रो डक्टर मासिकका प्रकाशक मधुसुदन ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com