ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानबीच युद्धविराम सहमति, तर कार्यान्वयनमा चुनौती


abc news
बैशाख २८, २०८२ आईतबार  ११ : ३१ बजे

काठमाडौ २८ बैशाख । जम्मूकश्मीरको पहलगाम घटनापछि एकअर्काविरुद्ध आक्रमण थालेका भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका सैन्य महानिर्देशकबीच हिजो भएको टेलिफोन वार्तामा युद्ध रोक्ने सहमति भएको हो ।

दुवै पक्षले जमिन, आकाश र समुद्र सबैतिरको गोलाबारी र सैन्य कारबाही रोक्ने तथा कुनै तटस्थ ठाउँमा वार्ता गर्न सहमत भएको जानकारी दिएका थिए । अर्को वार्ता भोलि सोमवार हुने भनिएको छ । तर सीमापार ड्रोन हमला र गोलाबारी नरोकिएका कारण युद्धविरामको कार्यान्वयनमा चुनौती देखिएको छ ।

दुई देशले युद्धविराम भएको भने पनि केही घण्टामै हिजो बेलुका जम्मूकश्मीरका मुख्यमन्त्री उमर अब्दूल्लाहले श्रीनगरमा विस्फोटका आवाजहरू सुनिएका बताउनुभएको थियो । लगत्तै भारतले दुई देशबीच भएको युद्धविरामको सहमति पाकिस्तानले राति उलङ्घन गरेको आरोप लगाएको छ ।

भारतका विदेश सचिव विक्रम मिश्रीले गएराति विशेष प्रेस ब्रिफिङ गरी हिजो अपराह्न दुई देशबीच भएको सहमतिलाई पाकिस्तानले उलङ्घन गरेको प्रतिक्रिया दिनुभएको छ । पाकिस्तानको तर्फबाट सहमतिको उलङ्घन भएको र यो एकदमै निन्दनीय रहेको उहाँको भनाइ छ ।

विदेश सचिव मिश्रीले भारतीय सेनाले जवाफी कारबाही गर्नुका साथै सीमामा आक्रमणसँग जुधिरहेको बताउनुभयो । पाकिस्तानले जम्मूकश्मीर, राजस्थान, पञ्जाब र गुजरातमा गोलाबारी र ड्रोन आक्रमण गरेको भारतको आरोप छ । तर भारतको पछिल्लो आरोपमा पाकिस्तानको टिप्पणी वा प्रतिक्रिया आइसकेको छैन ।

त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानकाबीच तत्काल र पूर्ण युद्धविराम गर्ने सहमति बनेको जानकारी दिनुभएको थियो । भारतका विदेश सचिव मिश्रीले पनि त्यस्तो जानकारी दिँदै दुवै पक्षबीच बेलुका पाँच बजेपछि नै गोलाबारी र सैन्य कारबाही रोक्ने सहमति भएको बताउनुभएको थियो । गएको अप्रिल २२ तारिखमा जम्मूकश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको ज्यान गएपछि दुई देशबीच तनाव चुलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

अब बेनीदेखि दिल्लीसम्म बसमा सरर

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com